ब्राजिलका अगाडी चलेन मेस्सीकाे जाँदु, पूर्णविराम लाग्याे अर्जेनटिनाकाे यात्रा


काठमाडौं : कोपा अमेरिकाको पहिलो सेमिफाइनलमा ब्राजिलले अर्जेन्टिनासँग हराएको छ । ब्राजिलले अर्जेन्टिनालाई २-० को गोल अन्तरले हराएको हो । ब्राजिलको लागि पहिलो गोल ग्याबुरुल जिस्सले १९ औं मिनेटमा गरेको थिए भने दोस्रो गोल रोबर्टो फर्मिनोले ७१ १९ औं मिनेटमा गरेका थिए ।
क्वाटरफाइनमा ब्राजिलले टाईब्रेकरमा पराग्वेलाई हराएको थियो। तेस्तै अर्जेन्टिनाले भेनेजुएलालाई क्वाटरफाइनमा हराएको थियो। दोश्रो सेमिफाइनलमा चिलिले पेरूसँग भोली बिहान खेल्नेछ।क्वाटरफाइनमा कोलम्बियालाई हराउदै चिली सेमिफाइनलमा पुगेको हो। तेस्तै उरुग्वेलाई हराउदै पेरू सेमिफाइनलमा पुगेको हो। पेरू र चिली बिचको खेल पर्सी बिहिबार हुने छ।



फेरी पनि एक पटक ठुलो टूर्नामेंटमा नतिजा राम्रो निकाल्न नसकेको दोष लाग्दै आएको अर्जेन्टिनाको चोटमा अर्को घाऊ थपिएको छ। फेरी एक पटक स्टार खेलाडी मेस्सी खाली हात फर्किनु परेको छ। उनलाई अर्जेन्टिना जर्सीमा राम्रो खेल्न नसकेको दोष लाग्दै आएको छ ।