हेर्दाहेर्दै अस्ताए फ्रेन्च आर्मी दुर्गा: विहे गरेको २ हप्तामै विधुवा भइन श्रीमती
काठमाडौं : फेन्च आर्मी ३५ वर्षीय दुर्गा मगर हेर्दाहेर्दै अस्ताएका छन् । फ्रान्सको लेजियों एथ्रंजेर (फ्रेन्च आर्मी) मा कार्यरत नेपाली युवा दुर्गा मगरको आइतवार बेलुकी असामयिक निधन भएको हो। नेपालको सोलुखुम्बु जिल्ला टाप्तिङ चैलुङमा घर भइ करिब १२ बर्ष देखी फ्रान्समा बस्दै आइरहेका फ्रेन्च आर्मी मगरको खोलामा पौडी खेल्दा खेल्दै अचानक निधन भएको हो।
पौडी खेल्न सिपालु र खेलकुदमा रुचि राख्ने मगरको अत्याधिक तापक्रमको बेलामा चिसो पानीमा पौडी खेल्दा हाइड्रोक्युसन/हृदयघात वा अचानक शारीरिक समस्या भएको हुनसक्ने प्रतक्ष्यदर्शीहरुले बताएका थिए। मृत्युको कारणबारे प्रारम्भिक मेडिकल रिपोर्टमा उनको मृत्युको प्रमुख कारण पानिमा डुबेर भएको भनिएको छ र थप विवरण आउन बाँकी छ । यो खबर पाउनसाथ घरपरिवारमा रुवावासी चलेको छ ।
एक हप्ता पछी कामकै शिलशिलामा मिलिटरी मिसनको लागी उनी अन्य देशमा जानुपर्ने थियो । मिसनमा जानु भन्दा अगाडी उनले केही दिनको बिदा पाएका थिए । साथीहरु संगै बिदा मनाउने क्रममा उनी पौडी खेल्न र पिकनिक गर्न फ्रान्सको दक्षिणमा पर्ने निम र आभिन्यों नजिकै बान्योल सुर सेजको खोलामा पुगेका थिए । दुर्गा मगरले २ हप्ता अगाडी मात्रै विवाह गरेका थिए । उनकी श्रीमती हाल फ्रान्समै छिन। श्रीमतीका साथै उनको परिवारका सदस्यहरुमा नेपालमा आमा र खाडी मुलुकमा एकजना भाई छन् । उनीहरु यतिबेला अत्यन्तै विक्षिप्त भएका छन् । उनीहरु मत्रै होइन अत्यन्तै मिलनसार स्वभावका दुर्गा मगरको असामयिक निधनको खबरले फ्रेन्च आर्मीमा कार्यरत नेपालीहरु र उनलाई चिन्ने सबैलाई अत्यन्तै दुखित बनाएको छ ।
स्वर्गिय दुर्गा मगरको पार्थिव शरीर अहिले अस्पातलमा रखिएको छ । अस्पातलबाट मेडिकल रिपोर्ट र अनुमती आएपछी उनी कार्यरत आर्मीको रेजिमेन्टले श्रद्वन्जली दिने र उनको पार्थिव शरीर छिट्टै नेपाल पठाउने तयारी सुरु गरिएको छ । फ्रेन्च आर्मीमा कार्यरत स्वर्गीय दुर्गा मगरका साथीहरुले शव नेपाल पठाउन र परिवारलाइ सहयोग गर्न फण्ड कलेक्सन सुरु गरेका छन् ।