अशाेक दर्जीलाई एक्कासी राष्ट्रपतिकाे फाेन आएपछि…


काठमाडाैं : कुनै समय बाटै बाटो गीत गाउँदै आर्थिक संकलन गर्दै हिड्ने अवोध बालक आज चर्चित सेलिब्रेटी बनेका छन् । ती अरु कोही होईनन् अशोक दर्जी हुन् । मन बिनाको धन ठुलो की गीत गाएर रातारात चर्चित बनेका अशोक दर्जी लाई संगितकार टंक बुढाथोकीले साहरा र संरक्षण दिएपछि उनी जीवन नै फेरिएको छ ।
पछिल्लो पटक चौरीको चाम्रो छुर्पी गीत गाएका अशोक दर्जीले आज महामहिम राष्ट्रपति बिद्यादेवी भण्डारीसंग भेट गरेका छन् ।अशोकले राष्ट्रपतिलाई भेटेपछि आफनै आमा जस्तो लागेको बताउँदै उनले राष्ट्रपतिले दशैँमा टिका थाप्न बोलाउँनु भएको बताए । अशोकले राष्ट्रपतिलाई आफनो गीतहरु गाएर पनि सुनाएको बताए । टंकले राष्ट्रपतिसंग भेट गरेपछि थप हौसला र उर्जा मिलेको बताउँछन् ।



अशोक टंक बुढाथोकी टंक बुढाथोकी डिजे रुपक लगायत राष्ट्रपतिलाई भेटन शितलनिवास पुगेका हुन् ।वास्तवमा अशोकको बारेमा चर्चा सुनेकै कारण राष्ट्रपति भवनबाट फोन आएपछि यो टिम राष्ट्रपति भवन पुगेका हुन् । यस अघि यषे टिमले प्रधानमन्त्री केपी शर्मा ओलीसंग पनि भेट गरिसकेको छ । टंकका अनुसार अशोक दर्जीको गीत राष्ट्रपतिले सुनिसकेपछि पहिले देखि नै भेटन खोजिरहनु भएकोमा अहिले भने फोन आएपछि राष्ट्रपति भवन पुगेको बताए ।