satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

परपुरुषसँगको सम्बन्धले खुसी लुटिएको घर, आफ्नै छोरीको कुकर्मले प्राण त्यागेकी आमाको कथा

satkarpost satkarpost
२०७६ असार १९ मा प्रकाशित
800

काठमाडौं, १८ असार । भक्तपुरको चाँगुनारायण–७ बाँसबारीमा आफ्नै छोरीले भाडाका मान्छे लगाएर जन्म दिने आमाको ह**त्या गरेको घटनाले सिङ्गो नेपाली समुदायलाई दुःखित मात्र बनाएन समाज कता जाँदैछ भनेर सोंच्न समेत वाध्य बनायो ।परपुरुषको सम्बन्धका कारण ईश्वरी भट्टराईले जन्म दिने आमाको हत्या गरेर ‘कलङ्कित’ छोरीको रुपमा आफूलाई परिणत मात्र गरिनन् सुन्दर परिवार नै भताभुङ्ग बनाइन् । प्रेमीका लागि आमालाई वाधक देख्दा अहिले ईश्वरीको बसिरहेको घरबार मात्र बिग्रेको छैन, कलङ्कको टीका लगाएर कारागारमा पछुताउनु बाहेक अरु विकल्प छैन ।

ईश्वरीको यो कुकामका कारण उनको मात्र भविष्यमा असर परेन अरु धेरैको पारिवारिक अवस्था भत्किएको छ भने सम्बन्धहरु समेत दूर बनेको छ ।ईश्वरीको आमा हत्याको घटनाले धेरैलाई पीडित त बनाएकै छ त्यो भन्दा बढी उनकै चार वर्षीय छोरा दिप्सन सबै भन्दा बढी मारमा परेका छन् । आमाको महागल्तीको सजाय चार वर्षका दिप्सनले समेत भोग्न वाध्य भएका छन् । आफ्नी आमा ईश्वरीले हजुरआमा सावित्री भट्टराईको हत्या गरेसँगै चार वर्षका अवोध दिप्सनको पनि आमाको काख गुमेको छ ।चाँगुनारायणको नयाँ घरमा सर्नुअघि ईश्वरीको परिवार लोकन्थलीमा डेरा बथ्यो । डेरा बस्दा मासिक भाडा मात्र २० हजार तिर्नु पथ्र्यो ।

आफ्नै घर भएपछि त्यो खर्च जोगिने र जीवनयापन थप सहज हुने श्रीमान सोनमको विश्वास थियो ।बसाइँ सरेसँगै छोरा दिप्सनलाई नजिककैको नेता पुल बोर्डिङ स्कुलमा युकेजीमा भर्ना भए । सोनम एयरपोर्टमा रेस्टुरेन्ट चलाउँथे । श्रीमती ईश्वरी कमलविनायकस्थित साह गार्मेन्टमा ज्याकेट सिलाउने काम गर्थिन् । ईश्वरीसँगै बसिरहेकी उनकी आमा सावित्री नाति दिप्सनको रेखदेख र घरायसी काममा खटन्थिन् ।छिमेकी तारा ढकालका अनुसार सावित्री सधैँ नाति डोहोर्‍याउँदै बोर्डिङ जान्थिन् । बाबुआमा आफ्नै काममा व्यस्त भइरहने हुनाले दिप्सनलाई हजुरआमाको काख न्यानो थियो ।

बाँसबारीमा छोरीको घरमा बसेर सावित्री पनि नातिको भविष्यका खातिर यी सब गरिरहेकी थिइन् । तर, अहिले यतिधेरै माया गरेर स्कुल पुर्‍याउने हजुरआमा दिप्सनले गुमाए । सँगै आमाको काख पनि ।आतइबार तिनै सावित्रीलाई छोरी ईश्वरीले प्रेमी लगाएर हत्या गरेपछि दिप्सनले मिठो खाजा बोकेर स्कुल पुग्ने हजुरआमाको हात सधैँका लागि गुमाए । ईश्वरी पनि आमाको हत्या अभियोगमा थुनामा छिन् । दिप्सन एकै पटक आमा र हजुरआमाको न्यानो काखबाट टाढिएका छन् ।बाबु–आमा भए पनि उनी एक्कासी ‘टुहुरा’ जस्ता भए । आमाको काखमा हुर्किने बेलामा अब उनको जीवनमा बाबु मात्र छन् ।

घटनाको सुराकी ती अवोध दिप्सनले नै प्रहरीलाई दिएका हुन् तर, ती सबै भनिरहँदा ती बालक आफूले हजुरआमा गुमाएको कुरा समेत राम्ररी बुझ्न सक्ने कुरै थिएन । अहिले सावित्रीको हत्यासँगै घरमा ताला लागेको छ । सोनम सासुको काजकिरियामा सक्रिय छन् । जोरपाटीको किरिया घरमा १३ दिनको काम भइरहेको छ ।दिप्सनलाई उनकी माइली ठूलीआमा भगवतीको घर लोकन्थली राखिएको छ । अब उनी त्यहीँ बस्ने छन् । सावित्रीका चार छोरीमध्ये माइली भगवती बसेकै घरमा ईश्वरी र सोनम पहिले डेरामा बस्थे ।भर्खरै नयाँ घर बनाएर उनीहरू सरेका थिए । आफ्नै घरमा सरेपछि गाउँले रहनसहनमा दिप्सन रमाउन थालेका थिए ।

नयाँ स्कुल पनि रमाउँदै जान्थे ।डेढ महिना नपुग्दै दिप्सनको पढाइ रोकिएको छ । हजुरआमाको ह**त्या भएपछि उनलाई स्कुल पुर्‍याउने मान्छे कोही छैन । सोनम छोरालाई भगवतीकोमै राख्ने निर्णयमा पुगेका छन् । तर, अब आफ्नो पढाइ कसरी अगाडि बढ्छ दिप्सनलाई केहि थाहा छैन । सोनमले अब त्यो भर्खरै बनाएको घर फर्किने मनस्थिति लगभग त्यागेका छन् ।‘म अब त्यो घर फर्किन्नँ सायद, त्यसैले छोरालाई त्यहाँ कसैको साथमा छोडेर यता काजकिरियामा बस्न मन लागेन,’ सोनमले भने । १३ दिनको काम सकिएपछि छोरालाई पुनः पहिलेकै बोर्डिङमा भर्ना गर्ने योजना रहेको उनले सुनाए ।

कलिला दिप्सनलाई घरमा घटेको यत्रो दुर्घटनाबारे राम्रो थाहा छैन । उनी हजुरआमा खोज्छन्, आमा खोज्छन् । रातबिरात, भोक–निद्रामा हजुरआमा खोज्ने बानी छ । सोनमले हिजोआज छोरा दिप्सनले रात दिन त्यही भोगिरहेको बताउँछन् ।भगवतीका छोरा पनि दिप्सन जत्रै छन् । चाँगुनारायण जानु पहिले दिप्सनका साथी भगवतीका छोरा नै थिए । उनीहरू एउटै बोर्डिङमा एउटै कक्षामा पढ्थे । अब दिप्सनले समय काट्ने साथीको रूपमा ठूलीआमाका छोराको साथ पाउने छन् । अहिले इश्वरीका प्रेमी र नौसादसहित चार जना प्रहरीको नियन्त्रणमा छन् ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by satkarpost
२०७६ असार १९
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by satkarpost
२०७६ असार १९
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ असार १९
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ असार १९
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ असार १९
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ असार १९

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

मनोरञ्जन

प्रधानमन्त्री निवासमा यस वर्ष देउसी भैलो नहुने

by satkarpost
२०७६ असार १९
0

काठमाडौँ २६ कात्तिक : प्रधानमन्त्री निवास बालुवाटारमा यस वर्ष तिहारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ । गत असारमा प्रधानमन्त्री...

Read more
जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

जनक सुनारको ए आमा दुरी बडायो दशैं गित रिलिज

२०७६ असार १९
पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

२०७६ असार १९

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

२०७६ असार १९

नक्कली सफ्टवेयरको नाममा ठगि धन्दा ,

२०७६ असार १९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.