किन ओझेलमा छ यति सुन्दर बारेकाेट ?

जाजरकाेट : केही मान्छेहरू जाजरकाेट भनेकाे चिन्दैनन् । केहीले चिनेका भएपनि राम्राे उपमाले चिन्दैनन् । राेग, भाेग र गरिवीले व्याप्त जिल्लाकाे रूपमा चिन्दछन् । के यति मात्र हाे जिल्लाकाे परिचय ? आफ्नै देशभित्रका नागरिक जाे अलिअलि पढेलेखेकाहरूसमेत जाजरकाेट भन्न साथ याे कुन जिल्लामा पर्छ ? भन्ने प्रश्न गर्छन् । याे प्रश्नले निकै स्तब्ध बनाउँने गर्छ जिल्लाबासीलाई । कारण ! शिक्षाकाे गुणस्तर र राज्यले दिएकाे अभिशापले गर्दा नै यस्ताे भएकाे हुनुपर्छ । ‘माल भएर पनि चाल नपाएपछि’ आफ्नाे परिचाय सँधै लुकाएर राखिरहुन पर्याे । याे पर्याप्त र उपयुक्त प्रचारप्रसारकाे अभावमा जिल्लाभित्र रहेका विभिन्न धार्मिक, प्राकृतिक, सामाजिक सांस्कृति भाैगाेलिक सम्पतिलाई उजागड गरी सबैसामु पुर्याउन नसकिएकाे तिताे यथार्थ पनि हाे । ऐतिहासिक रूपमा हेर्ने हाे भने जगतिसिंह महाराजले जनताकाे लागि निकै याेगदान दिएकाे पाइन्छ । धार्मिक रूपमा हेर्दा मष्टामन्दिर सुपरिचित नै छ । भाैगाेलिक रूपमा पूर्वकाे ठाकुर जी, कुशे, चाखुरे हुँदै पश्चिमकाे कचालीसम्म जिल्लाका उत्कृष्ट पर्टकीय गणतव्य स्थल रहेका छन् । विश्वकै दुर्लभ रेडपाण्डा, चीरकालिज, सुनगिद्ध लगायतका पशुपंक्षीहरू यहीँ जिल्लामा पाइन्छन् ।

जिल्लाकाे बारेकाेटलाई मात्रै यसपटक चर्चा गराैं । यहाँ नपुगेका धेरैलाई लाग्दो हो -सुनेको जस्तै दुर्गम, विकट, विपन्न र अभावग्रस्त अनि कुरुप ठाउँ हाे बारेकाेट । तर, खोज्नेहरु र देख्नेहरुका लागि जाजरकोट हल्लामा फैलिए जस्तो मात्र छैन् । कतै कलकल वग्ने नागबेली खाेलानाला छन् त कतै चम्किला हिमश्रृङखलाहरु छन् । कतै चिसो र मन्द हावामा पैसेरीका नाचरी जस्तै झुलिरहेका वनस्पतिहरुको दृस्य अनि पाटनभरी फुलिरहेका बुकी र प्याउली फुलहरुले सजिएकाे छ जाजरकाेट । धार्मिक कथमा उल्लेखित शिव जी काे कैलास जस्तै छ जाजरकाेट । सदरमुकाम खलंगाबाट तीनघन्टा सवारीसाधन चढेर दुईदिनको पैदल यात्रापछि मात्रै पुगिन्छ सुन्दर क्षेत्र साइक्वाँरी । राज्य संचालकहरूले कहिल्यै पहिल्याउन नसकेकाे र नदेखेको ठाउँ पनि हो याे । विश्वमै दुर्लभ मानिने वन्यजन्तु तथा पशुपंक्षीहरू पाइने ठाउँ हाे वारेकोटको साइक्वारी क्षेत्र । प्राकृतिक साैन्दर्यले भरिपूर्ण याे क्षेत्र जिल्लाकै आर्थिक समृद्धिको आधार पनि हो । समुद्र सतहवाट तीन हजार पाँच सय मिटरको उचाइमा रहेको वारेकोटको सुन्दर धार्मिक पर्यटकीय क्षेत्र साइक्वाँरीलाई प्राकृतिक सुन्दरताको उत्कृष्ट नमुना रूपमा लिने गरिन्छ । जहाँ मान्छेको मन आनन्दित हुन्छ, जहाँ मान्छेकाे मन नाँच्छ ? जहाँ मान्छेकाे मन रमाउँने गर्दछ त्यही हाे साइक्वाँरी । चर्चाकाे केन्द्रमा रहेकाे नलगाड जलविधुत आयाेजनाकाे उदगम स्थल समेत हाे बारेकाेट ।

वारेकोटको ढोटाचौर,रांगाचौर चौथारी, तम्नु, वेलासपुर, रोल्पा, खम्वु, भालुलेक हुँदै डोल्पा सम्म फैलिएको सुन्दर भुगोल पर्यटकीय दृष्टिले निकै आकर्षक र सुन्दर मानिन्छ । नेपालकै उत्कृष्ट पैदल यात्रा गन्तव्यको प्रचुर सम्भावना वोकेको यो क्षेत्र मानव वस्ती भन्दा एक दिनको पैदल दुरीमा रहेको छ । वारेकोट गाउँपालिका केन्द्र लिम्सा देखि डेढ दिनको पैदल दुरीमा रहेको यस क्षेत्रलाइ स्थानीयले भारतको चर्चित पवित्र स्थल काँसीको विकल्पको रुपमा लिने गरेका छन् । यहाँ पुग्ने जो कोहिकाे मन लोभाउने याे क्षेत्रका देउराली पाटन, द्धारे पाटन, च्याखुरे पाटन र सजवन पाटनको हरियाली मात्र होइन ती पाटनहरुमा उड्ने डाँफे, मुनाल, चिरकालिज, कस्तुरी, मृग, वाघ, भालु अनि विश्वकै दुर्लभ रेडपान्डा देख्न पाइन्छ । विश्वका अन्य कुनै पनि भुगोलमा नपाइने अनौठो गुण र रुप भएका चराचुरूङ्गी पनि यस क्षेत्रमा पाइन्छन् । यस क्षेत्रको श्रृङ्खलामा पर्ने पाटन, भीरपाखा, खोलानाला, पहाड अनि चिसो हावा संगै वाह्रै महिना नाँचिरहेका जस्तो देखिने भोजपत्र, लौठसल्लो, चिमालो र झुलारुख लगायतका वोटविरुवाहरु अनि यहाँको धर्ती मुनि गाडिएको धनको रुपमा परिचित सेतक चिनी अर्थात खिराङला, पाँचऔले, सतुवा, भुत्ले, काउलो, लोक्ता, जटामसी भोजपत्र लगाएतका वहुमुल्य जडिवुडीहरुले यहाँको सुन्दरतालाई मात्रै हैन आर्थिक समृद्धिको सम्भावनालाई समेत बाेकेका पाइन्छ । आँखाले हेरि नअघाइने यी मनोरम दृस्यले जाेकाेहीकाे मन तान्ने गर्छ ।

स्थानीयका बुढापाकाहरूका अनुसार उति वेला यो साइक्वाँरीमा आएर शिव भगवान बास बसेको र सत्यदेवीको अंग पतन भएकाे किंवदन्ति छ । उनीहरू साइक्वाँरी क्षेत्रलाई काँसीको अर्काे रुपमा मान्दै आएकाे बताउँछन् । जाजरकोट, डोल्पा, सल्यान, रुकुम जुम्ला लगायत कर्णाली प्रदेशका जिल्लाहरुका सर्वसाधारणले साइक्वाँरी मन्दिर र ताललाई भारतको प्रसिद्ध धार्मिक स्थल काँसीकाे रूपमा हेर्ने गर्दछन् । साइक्वाँरीको मन्दिरमा वर मागेर घर फर्किदा कसैलाइ हेर्न नपाइने अनौठो जनविश्वास रहेकाे पाइन्छ । वर मागेर फर्किएको कुनै महिला या पुरुषले अरुलाई हेरे अशुभ हुने धार्मिक मान्यता रहेकाे छ ।

प्राकृतिक एवम भौगोलिक सुन्दरताको उत्कृष्ट नमुनाको रुपमा रहेकाे यस क्षेत्रका मनमाेहक निला जलथल गर्ने तालतलैयाहरू -शंखे दह, कुकुर दह, संगुर दह र ठाकुरजी दह रहेका छन् । पाटनवाट देखिने रुकुमको सिस्ने हिमाल, डोल्पाको कान्जीरुवा हिमाल, जाजरकोटको ५ हजार ४ सय १२ मिटर अग्लो कराइचुली हिमाल, कुशे हिमालको सुन्दरता कुनै शव्दमा वयान हुनै नसक्ने छ । विस्वकै उत्कृष्ठ जैविक विविधता भएको वारेकोट क्षेत्रको पर्यावरण, वन, वन्यजन्तु, जडीवुडीको संरक्षणका लागि सरकारले संरक्षित क्षेत्र वनाउनुपर्ने स्थानीय बुद्धिजिवी बताउँछन् । स्थानीयले ललित पहाडीले भने ‘संसारले चिनेको वारेकोटलाई आफ्नै देशको सरकार र याेजना तथा निती निर्मताहरूले चिन्न नसक्नु निकै दुःखद कुरा हाे ।’ पैदल यात्रा, र अन्य भ्रमणका लागि निकै सम्भावना वोकेको साइक्वाँरी क्षेत्रको प्रचार-प्रसार, प्रवर्धन तथा सम्वर्द्धन हुन जरुरी रहेको पहाडी बताउँछन् । नलगाडमा रहेकाे गल्छि, चट्टान छिचाेल्दै जाने पैदलमार्ग, नलगाडमा पाइने मुखै रसाउने माछा इत्यादी चिजबस्तुले पर्टकहरूलाई आकर्षित गर्न सक्ने कुसे न्यूजका सम्पादक भाैतिक मल्ल बताउँछन् । तर, यसलाई व्यवस्थित गरी पर्टकलाई आकर्षित गर्ने सरकारी तयारी भने शून्य रहेकाे उनकाे भनाइ छ ।

साइक्वाँरी क्षेत्र वारेकोट र जाजरकोटको मात्र नभइ कर्णाली प्रदेश र देशकै सुन्दर पर्यटकीय क्षेत्र भएकोले यसको प्रवर्धन लागि आगामी आर्थिक वर्षकाे लागि सात लाख वजेट विनियोजन गरेको वारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रवहादुर शाहले बताए । वारेकोट क्षेत्रको पर्यटन प्रवर्धनका लागि केन्द्र र प्रदेश सरकारले कुनै योजना नदिएको गुनासो समेत गरे । अध्यक्ष शाहले भने ‘सुन्दर पर्यटकीय साइक्वाँरी क्षेत्रको विकास र प्रवर्धनका लागि संघीय सरकार, कर्णाली प्रदेश सरकार र अन्य सरोकारवालाहरुलाई वारम्वार आग्रह गरे पनि कुनै सुनुवाई भएन ।’ उनले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई कटाक्ष हान्दै भने ‘संघीय सरकारमा रहेकाहरुले गाउँ वस्तीहरुमा पनि सुन्दर एवं आकर्षक पर्यटकीय क्षेत्र हुन्छन् भनेर थाहा नपाउने र नखोज्ने गरेकोले वारेकोट क्षेत्र निकै ओझेलमा परेको छ ।’ याेजनावद्ध विकासलाई जाेड दिदै शाले भने ‘पदमार्ग, पुर्वाधार तथा अन्य कुराको व्यपस्थापन गर्न सके देशकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउन सकिनेछ । अध्यक्ष शाले भने ‘यहाँकाे जैविक विविधता, प्राकृतिक सुन्दरता, भौगोलिक आकर्षण र प्रचुर आर्थिक सम्भावना रहेकाे बारेकाेट क्षेत्रलाई पर्याप्त प्रचारप्रसारकाे माध्यमबाट विश्वमै सुपरिचित गराउन सकेमा आन्तरिक तथा बाह्य पर्टकहरूकाे गणतव्य स्थल बन्ने कुरामा दुईदत छैन् ।’

वारेकोट गाउँपालिका वडा नम्वर ४ को भुगोलमा पर्ने साइक्वाँरी क्षेत्रलाइ प्राकृतिक सुन्दरता, धार्मिक विश्वास र जैविक विशिष्टताका कारण स्वर्ग भन्दा पनि फरक नपर्ने पंक्षी खोजकर्ता गोविन्दवहादुर सिंह वताउछन् । जलवायु परिवर्तनको यत्रो असर भएको वेला पनि सुरक्षित जैविक विविधता रहेको वारेकोटको साइक्वाँरी आसपासका क्षेत्र सुन्दर मात्र होइन स्वस्थ पनि रहेको सिंहले वताए । धर्मयुगमा भगवान शिवजीले मृत अवस्थाकी सत्यदेवीको देह वोकेर संसार घुमाउने क्रममा उनको कुनै एउटा अंग पतन भएको र विश्व यात्राको क्रममा थाकेपछि शिवजीले थकाइ मार्न बास बसेको स्थान साइक्वाँरी क्षेत्र हो भन्ने किम्वदन्ती रहेको वुढापाकाहरु वताउछन् ।

सम्बन्धित खवर

Back to top button