satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

सरकारकाे गर्याे विप्लव नेतृत्वकाे नेकपा प्रति अझै आक्रामक हुने संकेत

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ असार १९ मा प्रकाशित
668
सरकारकाे गर्याे विप्लव नेतृत्वकाे नेकपा प्रति अझै आक्रामक हुने संकेत

काठमाडौं : सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको सरकाद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले वार्ताको बाटो छोडेर आतंककारी गतिविधि गरिरहे विनाश हुने चेतावनी दिएको छ। पछिल्लो समय विप्लवको नेकपाका गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीको प्रयोग बढिरहेका बेला सरकारका प्रवक्तासमेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री गोकुप्रसाद बाँस्कोटाले विप्लवको अन्त्य विनाशबाट हुने बताएका हुन्। बिहीबार मन्त्रालयमा आयोजित मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विप्लवका गतिविधि र त्यसमा सरकारको धारणा के हो? भनेर थाहाखबरले गरेको प्रश्नमा मन्त्री बाँस्कोटाले भने, ‘उहाँहरूले वार्तालाई रुचाउनुभएन। अनुचित, गैर संवैधानिक काम गर्दै हिँड्नुभयो। सरकारले त्यसलाई नियन्त्रण र निस्तेज गर्न जे गर्नुपर्थ्यो त्यो गरिरहेको छ।’

विप्लव नेतृत्वको नेकपाबारे आक्रामक भएका मन्त्री बाँस्कोटाले ‘हिंसात्मक र रक्तपिपासु मानसिकता पराजित भइसकेको’ बताए। तर, विप्लव समूह भने त्यही मानसिकता लिएर अगाडि बढेको बाँस्कोटाको भनाइ थियो। नेपालमा जनताले चाहेको राजनीतिक परिवर्तन भइसकेको बताउँदै मन्त्री बाँस्कोटाले विप्लवलाई प्रश्न गरे, ‘स्कुल बन्द गराएर कस्ता नागरिक उत्पादन गर्न खोजेको हो?’ विप्लव नेतृत्वको नेकपाले सर्लाहीमा आफ्ना जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीसँगको मुठभेडमा मृत्यु भएको विषयलाई लिएर नेपाल बन्द गरेको थियो। जसको प्रभाव विद्यालयहरूमा परेको थियो। सरकारले विप्लव नेतृत्वको नेकपाले राजनीतिक माग चन्दा उठाउने र हिंसाको वातावरण बनाइराख्ने काम गरेको मूल्यांकन गरेको छ। मन्त्री बाँस्कोटाको भनाइलाई नै आधार मान्‍ने हो भने पनि विप्लव नेतृत्वको नेकपा सरकारसँग वार्ता गर्ने ‘मुड’मा छैन।

दुई हप्ता पहिलेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विप्लव र सरकारबीच वार्ताको प्रयास भइरहेको संकेत गरेका थिए। त्यसपछि विप्लव समूह र सुरक्षाकर्मीबीच मुलुकका विभिन्न ठाउँमा भिडन्तको अवस्था आएको थियो। अहिले भने सरकार विप्लवसँग वार्ता नभइ बल प्रयोगबाट नै समस्याको हल खोज्ने मनस्थितिमा पुगेको भान भएको छ। यतिमात्रै होइन, सरकारलाई ‘विप्लव कतै दक्षिणपन्थी शक्तिबाट प्रयोग भइरहेको त होइन?’ भन्ने निष्कर्षमा पुगेको मन्त्री बाँस्कोटाको ‘कुरा क्रान्तिकारी, परिणाम दक्षिणपन्थको सेवा’ भन्ने भनाइले बल पुगेको छ। विप्लव समूह मूलतः धन आर्जनमा लागेको मन्त्री बाँस्कोटाको भनाइ थियो। विप्लवका गतिविधिबारे सरकारको आधिकारीक धारणा राख्दै मन्त्री बाँस्कोटाले भने, ‘वार्तामा आए रातो कार्पेट बिछ्याएर स्वागत गरिन्छ।’ तर, विप्लव वार्तामा आउने र सरकारले रातो कार्पेट बिछ्याउने संकेत भने मन्त्री बाँस्कोटाको बोलीमा थिएन।

उनले विप्लव मार्क्सवादी नभएर उपयोगवादी, कमाउवादी, संगठित आतंकवादी र सामाजिक फाँसीवादी भएको आरोप लगाए। उनले विप्लव समूहसँग कुनै पनि राजनीतिक दर्शन नभएको बताए। ‘कुनै गोप्य ठाउँमा बसी मोबाइलमा १२ वटा सिम फेरेर व्यापारी, ठेकेदार तर्साएर यसबाट सरकार तर्सिदैँन’, मन्त्री बाँस्कोटाले भने, ‘उहाँहरू जसरी जानुभएको छ त्यो सर्वनाशको बाटो हो।’ उनले विप्लवले जंगली राज ल्याउन खोजेको तर त्यो सम्भव नभएको बताए। वार्तामा बोलाउँदा पनि विप्लव नेतृत्वको नेकपा भागेको मन्त्री बाँस्कोटाले बताए। माग केही नभएपछि विल्वल वार्ताबाट भागेको बाँस्कोटाको भनाइ थियो। उनले विगतमा वार्तामा बोलाएका बेला केही कार्यकर्ता छोडेको र उसका गतिविधिमाथि खुकुलो पारिँदा’आतंककारी गतिविधिका लागि थप तयारीमा लागेको’ बताए। अहिले पनि वार्ताका लागि बोलाउँदा कार्यकर्ता छोड्नुपर्ने र आफ्ना गतिविधिमाथि निगरानी नगर्नुपर्ने माग विप्लव समूहले राखेको मन्त्री बाँस्कोटाको भनाइ थियो।

विगतबाट पाठ सिकेकाले सरकारले अब त्यस्तो नगर्ने उनले प्रष्ट पारेका थिए। विप्लवले व्यक्तिवादी मुद्दा लिएको पनि मन्त्री बाँस्कोटाको भनाइ थियो। विश्वका विभिन्न मुलुकमा यसरी व्यक्तिवादी भएर ‘क्रान्ति’ गर्दा पतन भएको भन्दै विप्लवलाई समयमै राजनीतिको मूलधारमा आउन पनि बाँस्कोटाले चेतावनी दिएका थिए। विप्लव नेतृत्वको नेकपा र स्वयम् विप्लवले निकालेका विज्ञप्ति व्यक्तिमाथि केन्द्रित भएको भन्दै उनले आक्रोश पोखेका थिए। उनले यसरी व्यक्तिवादी हुँदा केही हात नलाग्ने बताए। दुश्वप्न नदेख्न पनि उनले सुझाव दिएका थिए। भारतको ‘चम्बलको घाँटी’मा भएको अतिवादी आन्दोलन र पेरुको गोन्जालो शासनको पनि उदाहरण दिएका थिए। दुवै मुलुकमा कम्युनिस्ट र क्रान्तिकारी भनिएकाहरू व्यक्तिवादी हुँदा पतन भएका थिए। फिलिपिन्समा पनि कम्युनिस्ट शासन व्यक्तिवादी शासन पतन भएको उदाहरण दिँदै मन्त्री बाँस्कोटाले २१औँ शताब्दीमा जनताले नरुचाउँदा पनि बल प्रयोगबाट सत्ता प्राप्त हुन्छ भन्ने आकांक्षा नराख्न विप्लवलाई सुझाव दिएका थिए। याे सामग्री थाहाखबरले तयार पारेकाे हाे ।

 

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ असार १९
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ असार १९
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ असार १९
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ असार १९
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ असार १९
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ असार १९

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ असार १९
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ असार १९

das beste Casino Deutschlands

२०७६ असार १९

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ असार १९

Avast Free Review Windows

२०७६ असार १९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.