यू-१९ क्रीकेट: सिंगापुर विरुद्धको खेलमा रित गौतमको सानदार सतक

काठमाडौं : मलेसियामा जारी एसीसी यू-१९ एस्टर्न रेजिनल क्रीकेट खेलमा सिंगापुर विरुद्ध नेपालका ब्याटस् म्यान रीत गौतमले सानदार सतक पूरा गरेका छन् । गौतमले १३० बलको सहायतामा सानदार सतक पूरा गरेका हुन् ।

उनले सतक पूरा गरिरहदा ३९.५ ओभरमा ३ विकेटको क्षेतिमा २२७ रन जोड्न सफल भएको थियो । समूह बीको तर्फबाट यो एकदमै महत्वपूर्ण खेल हो । यतिबेला कप्तान रोहित कुमार पौडेल र रीत गौतम क्रीजमा रहेका छन ।

४३ औं ओभर चलिरहदा नेपालले २४४ रन बनाएको छ । रोहितले ७ बलमा ८ रन जोडेका छन् भने गौतमले १३७ बलमा ११५ रन बनाउन सफल भएका छन् । उनले सतक पूरा गर्दा एक विकेट मात्रै झरेको थियो । ४० औं ओभरमा लगातार दुई विकेट झरेका थिए ।

सम्बन्धित खवर

Back to top button