तरकारी तथा फलफुल जाँच नगर्नु भन्ने भारतलाई सरकारले दियो यस्तो दनक


काठमाडाैं : नेपाल सरकारले भारतीय फलफुल र तरकारी सीमामा रोकेपछि चौतर्फि तारिफ भइरहेको छ । सरकारले आमनागरिकको स्वास्थ्यको ख्याल गर्दै भारतबाट आयात भइरहेको विषादीयुक्त तरकारीमा रोक लगाइएको जानकारी दिएको छ ।सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले आफ्नो देशका उत्पादित तरकारी रोकिएको सम्बन्धमा भारतले देखाएको असन्तुष्टिबारे जवाफ फर्काएका छन् ।
आफ्नो देशमा उत्पदित तरकारी नेपालमा छिर्न नदिएको भन्दै भारतीय दूतावासले केही दिन अघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको थियो । दूतावासले लेखेको पत्रमा नकारी आयात प्रक्रिया निर्वाध सुचारु गराउन आग्रह गरिएको थियो । यही सन्दर्भमा मन्त्री बास्कोटाले सरकारको धारणा ल्याएका हुन् । बास्कोटाले भन्नुभयो, ‘तरकारी तथा फलफूल चेकजाँच नियमित प्रक्रिया हो । यसमा अरु कुनै कारण छैन्, नागरिकको स्वास्थ्यको कुरा भएकाले चेकजाँच हुनु राम्रो हो। प्राविधिक समस्या परेको भए हल गर्छौं ।’मन्त्री बास्कोटाले नेपालबाट भारत जाने र भारतबाट नेपाल आउने सबै कुरा विषादीरहित हुनुपर्ने अडान राखेका हुन्छ।



चीन र भारत जहाँबाट आए पनि विषादीरहित तरकारी आउनुपर्ने उल्लेख गरेका छन् । नागरिकको स्वास्थ्यका लागि यो चेकजाँच गर्नु राम्रो कुरा भएकाले सबैले गर्दा राम्रो हुने उनको बुझाई छ । उनले चेकजाँज गर्दा केही प्राविधिक सामाग्रीको कारणले झन्झटिलो भएको भए सहज बनाउन सरकार तयार भएको बताएका छन् । तर कुनै पनि देशले कसैको पनि स्वास्थ्यमा खेलबाड गर्न नहुने उनले स्पष्ट पारे । उनले भने ‘हाम्रो उत्पादनले भारतीयको स्वास्थ्यको खेलबाट गर्न मिल्छ न भारतीय उत्पादले नेपालका नागरिको स्वास्थयमा खेलबाड गर्न मिल्छु, यसबारेमा दुवै सरकार संवेदनशील हुनुपर्ने हुन्छ ।’