अपडेट : काठमाडाैंमा भूकम्पकाे ठूलाे धक्का, भक्तपुर केन्द्रबिन्दु
काठमाडाैं : शनिबार काठमाडाैंमा भूकम्पकाे ठूलाे धक्का महशुस गरिएकाे छ । काठमाडौं आसपासका क्षेत्रमा शनिबार अपरान्ह ४ बजेर १५ मिनेटमा भूकम्पको ठूलाे धक्का महशुस गरिएको हाे ।
लामो समयपछि शनिबार राजधानीलगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएकाे हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुर केन्द्र बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएकाे जनाएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अपरान्ह ४ बजेर १५ मिनेट जाँदा भक्तपुर केन्द्रबिन्दु भएर सो भूकम्प गएको जानकारी दिए । उनले सो भूकम्पको धक्का नयाँ नभएर ०७२ वैशाख १२ गतेको भूकम्पकै पराकम्प भएको बताए ।
भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रे आसपासका जिल्लामा महसुस भएको बताइएको छ । भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित बनेका छन् । बेला बेला महशुस भैरहने भूकम्पको पराकम्पले फेरी एकपटक काठमाडौंलाई त्रसित बनाएकाे हाे | लामो भूकम्पको धक्कापछि काठमाडौंमा फेरी चिच्चाहट सुनिएको छ |
Earthquake 4.6 @ 4.15 pm bhaktapur. aftershocks.
-NSC— NEOC, MoHA Nepal (@NEOCOfficial) July 6, 2019