असार २२ गते नेपाल बन्द हल्ला मात्रै हाे -नेकपा
काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले यही असार २२ गते नेपाल बन्द आयोजना गरेको भन्दै विभिन्न अनलाइन सञ्चारमाध्यमले प्रेषित गरेको समाचारप्रति नेकपाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । तर पश्चिम केन्द्रिय कमाण्डका इन्चार्ज कमरेड प्रतापकाे हस्ताक्षर सहितकाे विज्ञप्तिमा भने भाेलि असार २२ गते नेपाल बन्दकाे घाेषणा गरिएकाे छ । उक्त विज्ञप्तिमा बन्दकाे अवज्ञा गर्नेलाई साँझ कारबाही गर्ने समेत उल्लेख गरिएकाे छ ।
उता नेकपाले भनेको छ, ‘२२ गते पार्टीले कुनै बन्दको कार्यक्रम आयोजना गरेको छैन तर विभिन्न सञ्चारमाध्यममा बिनातथ्य बन्द भन्दै प्रचारप्रसार गरिएको पाइयो, यो गलत हो ।’
नेकपाका केन्द्रीय कार्यालय सचिव ध्रुवले २२ गते आफूहरूको बन्दको कार्यक्रम नभएको बताए । उनले देशभर प्रहरीले बिनाकारण चलाएको धरपकड र गिरफ्तारीप्रति आफूहरू गम्भीर रहेको बताए ।
उनले पूर्वका विभिन्न जिल्लाका गाउँमागाउँमा प्रहरीले अप्रेसन चलाएर स्थानीय बासिन्दालाई आतङ्कित पार्ने काम गरेको भन्दै उक्त हर्कत तत्काल बन्द गर्न मागसमेत गरेका छन् । ई-राताे खबरबाट ।
यस्ताे छ पश्चिम केन्द्रिय कमाण्ड कमरेड प्रतापकाे हस्ताक्षर सहितकाे विज्ञप्ति