भोटेकोसीमा दुई वेपत्ता, दुईको हेलिकप्टरबाट उद्धार


सिन्धुपाल्चोक : भोटेकोशी बाढीमा बेपत्ता दुईको खोजी कार्य जारी रहेको छ। घाइते दुईजनालाई सिम्रिक एयरको हेलिकप्टरबाट उपचारको लागि काठमाडौं लगिएको छ।
बेपत्ता हुनेमा शिवश्री हाइड्रोपावरमा कार्यरत यादव काफ्ले, रामअवतार चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए। बाढीले भोटेकाशीमा निर्माणाधिन १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी, ४५ मेगावाट क्षमताको माथिल्लो भोटेकोशीसँगै चाकुखोला जलविद्युत् आयोजना र शिवश्री हाइड्रोपावरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ।



बाढीले आसपासको सटर र घरहरूमा समेत क्षति भएको जनाएको छ। भोटेकोशी बाढीले सीमाक्षेत्रमा निरन्तर विपत्ति निम्त्याने गरेको छ। गत साल आएको भोटेकोशी बाढीले सयौं परिवार विस्थापित भएका थिए।