किन घट्दैछ सेनाप्रतिकाे आकर्षण ? २० कोटामा २ जना मात्रै उत्तीर्ण

काठमाडौं : लोकसेवा आयोगले नेपाली सेनाको सैन्य सिग्नल पदका लागी खुला र समावेशि गरि जम्मा २० कोटाका लागी लिएको परिक्षामा २ जना मात्रै उत्तीर्ण भएका छन् ।

लोक सेवा आयोगको कार्यालय काठमाडौले नपोली सेना, भर्ना छनौट निदेशनालय, कार्यरथि विभाग, जंगी अड्डाबाट लिखित परिक्षाका लागी छनोट भएका उम्मेदवारहरुका लागी असार ११ गते लिएको लिखित परिक्षामा २ मात्रै उत्तीर्ण भएका हुन् । आयोगले एक सूचना निकाल्दै लिखित परिक्षामा सम्मेलित २ जनामा दुबै जना उत्तीर्ण भएको जनाएको छ ।

खुलामा १०, महिलामा २, आदिवासी जनजातीमा ३, मधेशीमा ३, दलित १ र सन्तति १ गरि जम्मा २० पदका लागी लिएको लिखित परिक्षामा जम्मा २ जना मात्रै उत्तीर्ण भएका छन् ।

नतिजा:

सम्बन्धित खवर

Back to top button