इतिहासमै पहिलो पटक भारतले हारेपछि पाकिस्तानीले फुटाए टिभी

काठमाडाैं : आइसीसी विश्वकप २०१९ को प्रतिस्पर्धामा इंगल्याण्डले भारतलाई हराएपछि पाकिस्तानका लागि सेमी फाइनल पुग्ने समस्या बढेको छ । उक्त खेलमा पाकिस्तानी प्रशंसक भारतको समर्थन गरिरहेका थिए र इंगल्याण्डको हारका लागि प्रार्थना गरिरहेका थिए । तर भारतको हारसँगै पाकिस्तानी प्रशंसकको आशा निराशामा बदलिएको छ ।

यसको असर सोसल मिडियामा पनि देखिएको छ र मानिसहरु विभिन्न प्रकारका प्रतिक्रिया दिइरहेका छन् । एकातर्फ रोहित शर्माको शतकले चौतफी वाहवाही बटुलिरहेको छ भने अर्कातर्फ एमएस धोनीले सुस्त खेलेको भन्दै रोष व्यक्त गरिँदैछ । खेल समाप्त भएपछि भारतले यो खेल पाकिस्तानीलाई सेमी–फाइनलमा जान रोक्नका लागि जानीजानी हारेको पाकिस्तानले दाबी गरिरहेको छ ।

प्रयोगकर्ता अली कामराजीले ट्वीट गरे, ‘सरी इन्डियन पिपल ! धोनीलाई राम्रोसँग थाहा छ कि उनको टिम र देशका लागि के ठिक छ । यो हारको कारणबारे सबैलाई राम्रोसँग थाहा छ ।’ प्रयोगकर्ता संदीप पाटिलले लेखेका छन्, ‘पाकिस्तानः यस्तो स्थितीमा धोनी र केदार किन सिंगल लिइरहेका छन् ?

भारतीय प्रशंसकः तल हेर्नुहोस् 

यस्तो प्रयोगकर्ता अली अमिरले ट्वीट गरेका छन्, ‘नासिर हुसैनः मैले बुझिरहेको छैन कि धोनी के गरिरहेका छन् ? कम्तीमा यसलाई अगाडि लैजाउ ! अब प्रशंसकले छोडिरहेका छन् । सौरभ गांगुलीः मसँग यसको कुनै जवाफ छैन ।’ प्रयोगकर्ता जावेद अहमदले लेखेका छन्, ‘पूरा पाकिस्तान धोनीको ब्याटिङलाई यसरी हेरिरहेका छन् ।’ साथै, प्रयोगकर्ता उमरले लेखेका छन्, ‘धोनी र केदार आज डट बल खाइरहेका छन् ।’ सानियाले लेख्छिन्, ‘यो वर्षको उत्कृष्ट कलाकारको उपाधि टिम इन्डियालाई जान्छ ।’

बुरहान रजाले एमएस धोनीको फोटोसहित ट्वीट गरेका छन्, ‘बेस्ट फिनिशर… भारतका लागि नभई पाकिस्तानका लागि ।’ भारतमा पनि खेलपछि ट्वीटर धोनी, इन्डियाभर्सेसइंगल्याण्ड, जाधव, रोहित, हार्दिकको ह्यासट्यागले भरिएको छ । स्वरुपानन्द बेनर्जीले लेखेका छन्, ‘ भारतले हारेपछि इतिहासमा पहिलो पटक पाकिस्तानी टिभी फुटाइरहेका छन् ।’ प्रयोगकर्ता रवि गौतमले ट्वीट गरेका छन्, ‘भारतीय प्रशंसकलाई थाहा छ कि यो हारले पाकिस्तानलाई बाहिर गर्नेछ ।’

मिशिल भारदियाले लेखेका छन्, ‘भारत हारे तरपनि प्रशंसक खुसी छन् । एमएस धोनीले पाकिस्तानमाथि अर्को एउटा सर्जिकल स्ट्राइक पूरा गरेका छन् ।’ इंग्ल्याण्डको जीतसँगै पाकिस्तानका लागि विश्वकपको यात्रा थप मुस्किल भएको छ । भारत र इंगल्याण्डको खेलअघि पाकिस्तान ९ अंकसहित इंगल्याण्डभन्दा अगाडि थियो । यो जीतसँगै इंग्यल्याण्डको १० अंक भयो र उसको अझै एउटा खेल बाँकी छ ।

सम्बन्धित खवर

Back to top button