कोपा अमेरिकाको उपाधि ब्राजिललाई


काठमाडाैं : आइतबार घरेलु मैदानमा भएको फाइनल खेलमा पेरुलाई ३–१ ले पराजित गर्दै ब्राजिलले लामो समयपछि कोपाको उपाधि जितेको हो । खेलको १५ औं मिनेटमा एभरटन सोआरेसको गोलमा ब्राजिलले अग्रता लिएको थियो ।
फरवार्ड ग्यब्रीएल जेससले दिएको पासमा एभरटनले भली प्रहार गर्दै गोल गरेका थिए । खेलको ४४ औं मिनेटमा पाओलो गुरेरोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर त्यसको एक मिनेटमा नै जेससले आर्थरको पासमा गोल गरे ।



दोस्रो हाफको ७० औं मिनेटमा जेसस दोहोरो पहेंलो कार्ड खाँदै बाहिरीएपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो । जेससले कार्ड खाएर मैदान बाहिरिने क्रममा भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को मोनिटरलाई धकेलेका थिए । तर रिचारलीसनले अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै ब्राजिलको जित पक्का गरे ।