सुपरस्टारकाे श्रीमती भएरपनि यस्तो जीन्दगी जिउँछिन् गौरी


काठमाडौं : भारतीय चलचित्र उद्योग बलिउडका अभिनेता शाहरुख खानकी श्रीमती गौरी खान बेलाबेलामा चर्चामा आउने गरेकी छिन् । पछिल्लो समय उनले आफ्नो शाहरुख खानको सम्बन्धको विषयमा केही खुलासा गरेकी छिन् । जसको उल्लेख्य चर्चा भइरहेको छ ।
एक किताब सार्वजनिक हुने कार्यक्रममा पुगेकी उनले सञ्चारमाध्यमसँग कुरा गर्दै उनले शाहरुख खान एक राम्रो पिता र पति रहेको बताइन् । उनले शाहरुखको श्रीमती हुनु आफ्नो लागि सकारात्मक कुरा भएको बताइन् । तर, आफूले सधैं साधारण कामकाजी महिलाको जस्तै साधारण जिन्दगी बिताउँदै आएको बताइन् ।



उनले आफूले सधैं शाहरुख खानको कारण भएको सकारात्मक कुरामा मात्र ध्यान दिने गरेको बताइन् । हालसालै शाहरुख खानले सामाजिक सञ्जालबाट आफ्नी छोरी सुहानाको ग्रेजुएटको जानकारी दिएका थिए ।
उनले ट्वीटरमार्फत् स्कुलको पढाइ सकिए पनि जिन्दगीको पढाइ कहिल्यै पनि सकिनु नहुने र केही न केही सिक्दै अघि बढ्नु जरुरी रहेको बताएका छन् । दुवैले आफ्नो प्रेमका लागि परिवारसँग संघर्ष गरेका थिए । अन्ततः उनीहरुले परिवारले पनि उनीहरुको प्रेमलाई स्वीकार गरेका थिए ।
सन् १९९१ मा यी दुईको बीचमा विवाह भएको थियो । शाहरुखले गौरीका परिवारलाई मनाउनका लागि ५ वर्षसम्म हिन्दू भएको नाटक गरेका थिए । उनले आफ्नो नाम पनि परिवर्तन गरेका थिए । यतिमात्र होइन, उनले विवाहपछि पनि गौरीसँग एक झुट बोलेका थिए।
गौरी र शाहरुखको बीचमा हनिमून पेरिस जाने सहमति भएको थियो तर शाहरुखसँग त्यसका लागि पर्याप्त पैसा थिएन । यस्तोमा उनले हनिमूनका लागि दार्जिलिङ लगेका थिए । शाहरुख सन् १९९१ मा गौरीका परिवारलाई मनाउन सफल भए । शाहरुखका अनुसार गौरी उनलाई यसकारण प्रेम गर्छिन् कि उनी निकै इमान्दार छन् ।