काठमाडौं, २३ असार : नेकपाका केन्द्रिय एंवम् सांसद रामकुमारी झाक्रिले प्रधानमन्त्रीका राजनितीक सल्लाहकार विष्णु रिमाललाई कडा जवाफ दिएकी छन् । प्रधानमन्त्रीका सल्लाहकार रिमालले टिवटरमा छौंडा लेखेकोमा आपत्ति जनाउदै झाक्रिले उनलाई सत्ता र उन्माद कस्तो हुन्छ भनेर सम्झन परेको टिप्पणी गरेकी छन् ।
सांसद झाक्रिले लेखेकी छन् ‘राज्यसत्ताको केन्द्रमा रहेका ब्यक्तिको रूपमा यो उत्कृष्ठ ट्वीट हो। यो ट्वीट सत्ताको सामाजिक चरित्रको ऐना हो । सत्ता कसरी कता जादैछ? अनुमान लगाउन लोकलाई गार्हो पर्ने छैन अब ।धेरै पहिले एउटा लोककथा पढेको थिए : The Empreror’s New Clothes आज संझदैछु, सत्ता र उन्माद कस्तो हुन्छ भनेर?’
प्रधानमन्त्रीका सल्लाहकार रिमालको ट्वीटको सर्वोत्र आलोचना भएको छ । सत्तारुढ दलकै नेता कार्यकर्ताले पनि उनको भनाईको चर्को विरोध गरेका छन् ।