काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाहीमा प्रहरीले फा यरिङ गर्दा कुमार पौडेलको मृ *त्यु भएको स्पष्टिकरण दिएका छन् । ५ असारमा सर्लाहीमा भएको भनिएको भि डन्तमा विप्लव समूहका सर्लाही इञ्चार्ज पौडेलको मृ *त्यु भएको थियो । पौडेललाई नियन्त्रणमा लिएर ह त्या गरिएको दाबी गर्दै कांग्रेसले सरकारको जवाफ मागेको थियो । मंगलबारको प्रतिनिधिसभा बैठकमा पनि प्रमुख सचेतक पुष्पा भुसालले सर्लाही घटनाबारे छानविन गर्न माग गरिन् ।
लगत्तै गृहमन्त्री थापाले सदनलाई जवाफ दिए । राज्य व्यवस्था समितिको निर्देशनपछि बनेको छानविन समितिले समेत पौडेलको मृ *त्यु दोहोरो भि डन्तमा भएको रिपोर्ट बुझाएको मन्त्री थापाले बताए । गस्तीमा रहेको प्रहरी टोली र विप्लव समूहका कार्यकर्ताको जम्काभेट भएको र त्यसक्रममा पौडेलसँगै रहेका सहकर्मीले फा इरिङ गर्दै भागेको छानविन समितिको रिपोर्टमा उल्लेख रहेको उनले बताए । पौडेलले पनि मिस फा यरिङ गरेको र प्रहरीको जवाफी कार बाही गर्दा उनको मृ *त्यु भएको गृहमन्त्रीले बताए । तर, सांसदहरुले पौडेलको हात भा च्चिएको भन्दै त्यस्तो हातले कसरी गो *ली चलायो भन्ने प्रश्न गरे । जवाफमा गृहमन्त्री थापाले त्यसबारे बोलेनन् ।
बरु शान्ति सुरक्षा कायम गर्ने र लोकतन्त्रको रक्षा गर्ने क्रममा सर्लाही घटना घटेको बताएका छन् । उनले भने, ‘यी घटनाहरु देशमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा घटेका हुन् । र, लोकतन्त्रको रक्षा गर्ने क्रममा घट्न गएका हुन् ।’ ‘सरकार लोकतन्त्रको रक्षा गर्न प्रतिवद्ध छ । देशमा शान्ति सुव्यवस्था कायम गर्न प्रतिवद्ध छ । जनताको जनादेश पनि त्यही छ, मन्त्री थापाले भने, ‘यसैक्रममा यी घटना घटेका हुन् ।’
सर्लाहीमा विप्लव समूहले चन्दा आ *तंक मच्चाएको, जनप्रतिनिधिलाई ध म्की दिएको र उनीहरुकै मागअनुसार शान्ति सुव्यवस्था, जनताको जिउधनको रक्षा गर्न सरकारले कदम चालेको बताए । ‘यही क्रममा घटना हुन गएको हो,’ उनले भने । यसैवीच, गृहमन्त्रीको अभिव्यक्तिप्रति प्रमुख विपक्षी कांग्रेसले आ *पत्ति जनाएको छ । कांग्रेसका प्रमुख सचेतक बालृकष्ण खाँडले लोकतन्त्रको रक्षाका लागि गो *ली चलाइयो भन्नु आप *त्तिजनक भएको बताए ।