वर्षाका कारण भारत-न्युजिल्याण्ड बीचको खेल रोकियो : रद्द भए भारत फाईनलमा
काठमाडाैं : इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत अहिले जारी भारत र न्युजिल्याण्ड बीचको पहिलो सेमिफाइनल खेल रोकिएको छ । म्यानचेस्टरमा जारी भारत र न्युजिल्याण्डबीचको खेल वर्षाको कारण रोकिएको हो । वर्षाले खेल रोकिनु अघि पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको छ ।
न्युजिल्याण्डका रोस टेलर ६७ रनमा अविजित रहेका छन् । यस्तै कप्तान केन विलियम्सन ६७ रन जोडेर आउट भए । भारतका जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, युजभेन्द्र चहालले समान १/१ विकेट हात पारे ।विश्वकपको पहिलो सेमिफाइनल खेलिरहेका यी दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छन् ।
यस अघि भारत विश्वकपको २ पटकको विजेता हो भने न्युजिल्याण्ड गत संस्करणको फाइनलमा अस्ट्रेलियासंग पराजित भएको थियो । यदि पानीकै कारण खेल रद्द भएको खण्डमा भारत सिधै फाईनलमा पुग्नेछ । अंक तालिकामा भारत सबैभन्दा माथि भएको कारण न्युजिल्यान्डसँग नम्बर बाँडेर पनि उसको अंक बढिने हुनेछ ।