विराट काेलहीमाथि गम्भीरकाे आराेप ! अब के हुन्छ ?
काठमाडाैं : सक्रिय क्रिकेटबाट सन्यास लिएपछि राजनीतिमा होमिएका पूर्व भारतीय क्रिकेटर गौतम गम्भीर भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) का नयाँ आलोचक बनेर निस्केका छन् । गम्भीर बिसिसिआइसँगै भारतीय कप्तान विराट कोहलीका पनि कटु आलोचक हुन् । उनले खुलेर कोहलीको आलोचना गर्ने गरेका छन् । उनले सदैव कोहलीको कप्तानी क्षमतामा प्रश्न र आलोचना गर्ने गरेका छन् । उनको नजरमा विराट गतिला कप्तान होइनन् ।
उनका अनुसार टोलीमा रहेका पुर्व कप्तान महेन्द्र सिंह धोनीका कारण मात्र कोहलीले खेलमा सहि निर्णय लिन सकिरहेको बताए । उनको आरोप छ- धोनी नहुँदा हुन् त विराटको कप्तानी तल्लो स्तरमा पुगिसक्थ्यो । उनले त्यसको श्रेय धोनीसँगै रोहित शर्मालाई समेत दिएका छन् । ‘रोहितले विश्वकपमा ठूलो स्कोर बनाइरहेका छन्, त्यसैले विराटको काम सजिलो भइरहेको छ’, उनले भने ।
विश्वकपको ठीक अगाडि सम्पन्न भएको आईपिएका दौरान पनि गम्भीरले विराटको कप्तानीमाथि पटकपटक प्रश्न गरेका थिए । उनले कोहि खेलाडीले उपाधि नजिति ८-१० वर्ष कुनै टोलीको कप्तान भइराख्छ भने उसको कप्तानीमा प्रश्न उठाइनुपर्छ भन्दै कोहलीको आलोचना गरेका थिए । विराटले आईपिएलमा रोयल च्यालेन्जर्स बेङलोरको कप्तानी गर्दै आइरहेका छन् । यस सिजनमा उसले खराब नतिजाका साथ सिजनको समापन गरेको थियो ।
गम्भीरले यसअघि युवराज सिंह तथा अम्बाती रायडुको सन्यासप्रति पनि प्रश्न गरेका थिए । उनले यसक्रममा बिसिसिआई र त्यसका चयनकर्ताहरूको नियतमा प्रश्न गरेका थिए । उनले अम्बाती रायडुको सन्यासमा चयनकर्ताहरू जिम्मेवार हुनुपर्ने बताउँदै चयनकर्ताले धेरै महिनासम्म रायडु ४ नम्बरमा खेल्नुपर्छ भन्दै विश्वकपको रिजर्भ टोलीमा राखेर खेलाडी घाइते भएपछि उनको सट्टा अर्को खेलाडीलाई खेल्न बोलाएको भन्दै आलोचना गरेका थिए ।
गम्भिरको साथमा इङ्ल्याण्डका पूर्व स्पीनरको नजरमा पनि विराटको कप्तानी धोनीका कारण राम्ररी चलिरहेको छ । उनको विचारमा कयौं अवसरमा विराट आफ्नो स्वभावविपरित ‘कुल’ देखिने गरेका छन् जसको कारण धोनी हुन् । यस्तो हुनुमा धोनी कप्तानीका मामिलामा जति अनुभवी छन् त्यति नै शान्त पनि ।