एकाविहानै ओखलढुङ्गामा भयानक बस दुर्घटना


ओखलढुङ्गा : ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ डुडुवामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
दुर्घटनामा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। मृतकहरूकाे सनाखत भएको छैन। बुधबार बिहान ३:१५ मिनेटमा दुर्घटना भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाको पहलमा उद्धार जारी राखेको प्रहरीले जनाएको छ।



घाइते चार जनालाई काठमाडौं पठाइयो
मानेभञ्ज्याङ गाउँपालिका–६ मा भएको बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये चार जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
झापाको काँकडभिट्टाबाट सोलु आउँदै गरेको मे १ ख १८९१ नम्बरको यात्रुवहाक बस बिहान डडुवा डाँडामा दुर्घटना भएको हो। दुर्घटनामा ड्राइभरसहित २ जना पुरुष र एक महिलाको घटनास्थलमै मृ त्यु भएको प्रहरीले जनाएको छ।
मृ त्यु हुनेमा बसका चालक झापाका ४२ वर्षीय कृष्णबहादुर बस्नेत, सोलुदूधकुण्ड नगरपालिका–५ की ५२ वर्षीया माया थापा र सिन्धुलीको कमलामाई नगरपालिका–१४ का ३० वर्षीय लालबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
दुर्घटनामा १७ जना घाइते भएका छन्। बस घुम्तीमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। घटनाको बिस्तृत विवरण आउन बाँकी छ।