चयनपुरमा कार र माइक्रोबस ठोक्कियाे

सिन्धुली : सिन्धुलीको सुनकोशी गाउँपालिका–६ चयनपुरमा बुधबार बिहान कार र माइक्रोबास एकापसमा ठोकिएर दुर्घटना भएको छ। दुर्घटनामा १० जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ। काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा५ख २२९८ नम्बरको माइक्रोबस र बा१४च ८५१८ नम्बरको कार एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो।

सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज ६७९० नम्बरको सुमोलाई सोही दिशाबाट काठमाडौं जादै गरेको कारले ओभरटेक गर्दा काठमार्डौंबाट सिन्धुलीको खुर्कोटतर्फ आउँदै गरेको माइक्रोबससँग ठक्कर खाई दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीका इनिस्पेक्टर वीरेन्द्र घिमिरेले जानकारी दिए। उनका अनुसार दुर्घटनामा माइक्रोमा सवार ९ जना यात्रु र कारका चालक घाइते भएका छन्।

घाइते सबैको सुनकोशी-६ खाल्टेस्थित आत्मीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए। यस्तै, बुधबार बिहानै सुनकोशी गाउँपालिका-३ गणेशस्थाननजिकै पनि बस र माइक्रो एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ। दुर्घटनामा गाडीमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय रातमाटाले जनाएको छ।

सम्बन्धित खवर

Back to top button