यिनै हुन् भोजपुरको दोहोरो भि*डन्तमा मा*रिएका प्रहरी जवान सन्जीव राई
काठमान्डौं : भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द (विप्लव)समूह र प्रहरीबीच गो*ली हा*नाहा*न हुँदा दुई जनाको मृ*त्यु भएको छ ।सदरमुकामको हटिया लाइनमा भि*डन्त हुँदा प्रहरी जवान सन्जीव राई र एक विप्लव समूहका कार्यकर्ता निरकुमार राईको मृ*त्यु भएको हो ।
अर्का एक प्रहरी सोम भट्टराई घा*इते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ सदरमुकामस्थित शनिबारे हटिया लाग्ने ठाउँमा गस्तीमा रहेको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले पछाडिबाट गो*ली प्र*हार गरेको सुरक्षा अधिकारीहरुले दाबी गरेका छन् ।
भोजपुरका प्रमुख जिल्ला अधिकारी नरहरी खतिवडाले सादा पोशाकमा रहेका प्रहरीमाथि विप्लव कार्यकर्ताले पछाडिबाट गो*ली हानेको र सँगै रहेका अर्का प्रहरीले ज*वाफी फा*यर गरेको बताए ।गो*ली लागेर घा*इते भएका दुवैजनालाई अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृ*त घोषित गरेका थिए ।
भि*डन्तमा मृ*त्यु हुने निरकुमार राई विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज रहेको खुलेको छ । राईको साथबाट प्रहरीले एक थान चाइनिज पेस्तोल, र पाँच राउण्ड गो*ली ब*रामद गरेको छ ।
भोजपुरको घटनालाई लिएर गृहमन्त्रीसँग मागियो जवाफ-भोजपुरमा भएको भि*डन्त र मृ*त्युको विषय संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा उठेको छ। कांग्रेस सांसद डा. डिला संग्रौला पन्तले भोजपुर घटनाबारे गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनालबाट विवरण राख्न माग गरेकी हुन्।
उनले प्रश्न गरिन्, ‘यो संवेदनशील विषय हो। सुरक्षा व्यवस्था के भइरहेको छ? भोजपुरमा भिडन्त भयो र मान्छेको मृत्यु भएको कुरा उठेको छ, वास्तविकता के हो?’ समितिमा गृहमन्त्री थापा, गृहसचिव प्रेम राई, प्रहरी महानिरीक्षक खनाललगायत सुरक्षा अधिकारीको उपस्थिति छ। समितिमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल चलिरहेको छ।
बुधबार बिहान भोजपुरको सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गो*ली हा*नाहान हुँदा दुई जनाको मृ*त्यु भएको छ। मृ*त्यु हुनेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले जानकारी दिए।