के जरुरी थियो ? हिलोमै रातो कार्पेट ओछ्याउन !
काठमाडौं : त्रिभुवन विश्वविद्यालयले बुधबार आफ्नो ६० औं वार्षिक उत्सव मनाएको छ । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम भयो ।
प्रधानमन्त्रीले उपकुलपति कार्यालय भवन र मन्दिरको उदघाटन गरे ।कार्यक्रम स्थलबाट उदघाटनको सन्देश लेखिएको शिलापत्र भएको ठाउँसम्म पुग्ने बाटो भने हिलाम्य थियो ।त्यसमाथि नै रातो कार्पेट विछ्याएको दृश्यले भने विश्वविद्यालयमा रहेको भद्रगोललाई प्रष्ट पारेको थियो ।
पछिल्लो समय निकै चर्चामा रहेको त्रिभुवन विश्वविद्यालयको छविमाथि यस घटनापछि थप प्रश्न चिन्ह खडा गरिदिएको छ । घुस लिएर गोल्ड मेडल दिएको र त्रिवि सेवा आयोगको परिक्षामा आफन्तको कपि केरमेट गरि नम्बर थपेर जागिर लगाएको घिनलाग्दो तथ्य सार्वजनिक भैसकेको छ ।
कुनैबेला निकै राम्रो छवि बनाएको त्रिभुवन विश्वविद्यालय यतिखेर तल्लो स्तरमा गिरेको भान हुँदैछ । यसलाई फेरि पनि सुधार गर्न सरोकारवालाको ध्यान जान जरुरी रहेको विज्ञहरु बताउँछन् ।