भारतलाई ठूलो झट्का: ५ रनमा तीन विकेट

काठमाण्डौ: इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा अहिले भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा भईरहेको छ ।

म्यानचेस्टरमा न्युजिल्याण्डले दिएको २४० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको भारतले खराब सुरुवात गरेको छ ।

भारतले मात्र ५ रन जोड्दा ३ विकेट गुमाइसकेको छ । भारतले कप्तान विराट कोहली, रोहित शर्मा र लोकेश राहुललाई समान १/१ रनमा गुमाएको छ । न्युजिल्याण्डका म्याट हेनरीले ३ विकेट लिएका छन् ।

यस अघि वर्षाले प्रभावित गरेपछि दुई दिन भएको सेमिफाइनलमा न्युजिल्याण्डले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २३९ रन बनाएको थियो ।

सम्बन्धित खवर

Back to top button