सरकारलाई विषादी परिक्षण नराेक्नु भन्ने सर्वाेच्चकाे आदेश

काठमाडौं : सर्वोच्च अदालतले भारत तथा तेस्रो मुलुकबाट आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नरोक्न आदेश दिएको छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले विषादी परीक्षणसम्बन्धी तीनवटा रिटमाथि सुनुवाइ गर्दै सरकारलाई यस्तो आदेश दिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले बताए ।

न्यायाधीश भट्टराईको इजालसले अन्तरिम आदेश दिँदै अहिलेकै अवस्थामा तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न आदेश दिएको हो । अदालतले सरकारका नाममा भन्सारमा परीक्षणको व्यवस्था गर्न आदेश दिँदै दुवै पक्षलाई असार ३० गते उपस्थित हुन पनि भनेको छ।

सरकारले भारतीय दवाबमा परेर सीमामा विषादी परीक्षण रोकेपछि उपभोक्ता हित संरक्षण मञ्च, स्वतन्त्र राष्ट्रिय अभियान र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले यस विषयमा तीनवटा रिट हालेका थिए।

सम्बन्धित खवर

Back to top button