satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

अस्ट्रेलिया विरूद्ध सनसनीपूर्ण जित निकाल्दै २७ वर्षपछि इंग्ल्याण्ड फाइनलमा

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ असार २६ मा प्रकाशित
699
अस्ट्रेलिया विरूद्ध सनसनीपूर्ण जित निकाल्दै २७ वर्षपछि इंग्ल्याण्ड फाइनलमा

काठमाडाैं : उपाधि दाबेदारमध्ये एक साविक विजेता अस्ट्रेलियामाथि सहज जित निकाल्दै आयोजक इङ्ल्यान्ड विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। न्युजिल्यान्डसँग उपाधि भिडन्त पक्का गर्ने क्रममा इङ्ल्यान्डले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको पाँच पटकको च्याम्पियन अस्ट्रेलियाले ४९ ओभरमा अलआउट हुँदै २२३ बनाउन सफल भएको थियो। जवाफी ब्याटिङमा उत्रेको इङ्ल्यान्डले ३२ ओभर खेल्दै २ विकेटको क्षतिमा २२६ रन बनाएर लक्ष्य पुरा गर्यो। योसँगै वान डे विश्वकप क्रिकेटको उपाधि पनि नयाँ टिमले लैजाने पक्का भएको छ।

यसअघि बलियो टोली भारतमाथि जित निकाल्दै किवी टोली न्युजिल्यान्ड फाइनलमा पुगिसकेको छ। बर्मिङ्घममा बिहीबार खेलाइएको विश्वकपको दोस्रो सेमिफाइनल खेलमा इङ्ल्यान्डले अस्ट्रेलियामाथि ८ विकेटको जित निकालेको हो। यस जितका साथ इङ्ल्यान्डको टिम २७ वर्षपछि फाइनलमा पपुगेको छ। उसले पछिल्लो पटक सन् १९९२ भएको फाइनल भिडन्तमा पाकिस्तानसँग हार भोगेको थियो। इङ्लिस टोली चौथो पटक विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो। यसअघि उसले हारको सामना गर्नुपरेको थियो।

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ८ विकेटको ठुलो अन्तरले पराजित गर्दै आयोजक इंग्ल्याण्ड १३ औं एकदिवसीय विश्वकपको फाइनल प्रवेश गरेको छ। यस अघिनै न्युजिल्याण्ड भारतलाई १८ रनले पराजित गर्दै फाइनल प्रवेश गरिसकेको छ। इंग्ल्याण्ड र न्युजिल्याण्ड बीच फाइनल खेल लर्ड्स मैदानमा जुलाई १४ तारिक आइतबार ३:१५ बजे ( नेपाल ) खेलिनेछ। लगातार तेश्रो पटक विश्वकप फाइनलमा आयोजक टिमले स्थान बनाएको हो। सन् २०११ मा भारत, २०१५ मा न्युजिल्याण्ड र अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको थियो। २०११ मा भारत र २०१५ मा अस्ट्रेलियाले विश्वकप जितेको थियो।

सन् १९९२ को विश्वकपमा पछिल्लो पटक विश्वकपको फाइनल पुगेको इंग्ल्याण्डले २७ वर्ष पछि बल्ल फाइनलमा स्थान बनाएको हो। १९९२ पछि इंग्ल्याण्ड सेमीफाइनल पनि पुग्न सकेको थिएन। त्यसअघि १९७५ को विश्वकपमा सेमीफाइनल, १९७९ को विश्वकपमा उप-विजेता र १९८३ को विश्वकपमा सेमीफाइनल तथा १९८७ र १९९२ को विश्वकपमा इंग्ल्याण्ड फाइनल पुगेको थियो।
३ पटक फाइनल पुगे पनि उपाधि भने हालसम्म इंग्ल्याण्डले जित्न सकेको छैन। न्युजिल्याण्ड भने सन् २०१५ मा पहिलो पटक फाइनल पुगेको थियो भने लगातार दोश्रो पटक उपाधि नतिक पुगेको हो। अर्कोतर्फ विश्वकपको सेमीफाइनलमा अस्ट्रेलिया पराजित भएको यो पहिलो पटक हो। सन् १९७५ मा इंग्ल्याण्डलाई, १९८७ मा पाकिस्तानलाई, १९९६ मा वेस्ट इन्डिजलाई, २००३ मा श्रीलंकालाई, सन् २००७ मा दक्षिण अफ्रीकालाई तथा सन् २०१५ मा भारतलाई अस्ट्रेलियाले सेमीफाइनलमा पराजित गरेको थियो। १९९९ मा दक्षिण अफ्रीकासंगको सेमीफाइनल भने बराबरी भएको थियो।

खेलमा अस्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य इंग्ल्याण्डले मात्र २ विकेट गुमाएर ३२.१ ओभरमै लक्ष्य पुरा गर्यो। सहज जित दिलाउन इंग्ल्याण्ड ओपनर जेसन रोय र जोन्नी बेयरस्टोले १२४ रनको ओपनिंग साझेदारी गरे। १८ औं ओभरमा स्टार्कले एलबिडब्लु आउट गर्नु अघि बेयरस्टोले ३४ रन बनाए। आक्रामक ब्याटिंग गरेका रोय २० औं ओभरमा कमिन्सबाट कट बिहाइन्ड भए। उनले ६५ बलमा ५ छक्का र ९ चौका मदतले ८५ रन बनाए। त्यसपछि कप्तान ओएन मोर्गन र जोए रुटले इंग्ल्याण्ड इनिंग सम्हाले। दुवैले तेश्रो विकेटको लागि ७९ रनको साझेदारी गर्दै इंग्ल्याण्डलाई जितसम्म पुर्याए। रुटले अविजित ४९ रन बनाए जुन क्रममा ४६ बलमा ८ चौका प्रहार गरे भने मोर्गनले अविजित ४५ रन बनाए जुन क्रममा ३९ बलमा ८ चौका प्रहार गरे। अस्ट्रेलियाको लागि मिचेल स्टार्क ( ८-०-६४-१ ) र प्याट कमिन्स ( ७-०-३४-१ ) ले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २२३ रनको योगफल तयार गरेको थियो। अस्ट्रेलियाको लागि पुर्व कप्तान स्टिभ स्मिथले सर्वाधिक ८५ रन ( ११९ बलमा ६ चौका ) तथा एकेक्स केरेले ४६ रन ( ७० बलमा ४ चौका ) बनाए। अस्ट्रेलियाले पहिलो ३ विकेट ६.१ ओभरमा १४ रनमै गुमाएको थियो। डेभिड वार्नर ९, आरोन फिन्च ० तथा पिटर ह्यान्ड्सकम्ब ४ रन बनाएर आउट भएका थिए। वार्नरलाई क्रिस वोक्सले क्याच आउट गराए भने फिन्चलाई जोफ्रा आर्चरले एलबिडब्लु धरापमा पारेका थिए। चौथो विकेटको लागि स्मिथ र केरेले १०३ रनको साझेदारी गरे। चौथो विकेटको रुपमा केरेआई आदील रशिदले क्याच आउट गर्दै साझेदारी तोडेका थिए। त्यसपछि आर्चरले २२ रन बनाएका म्याक्सवेललाई क्याच आउट गराए। स्टिभ स्मिथ ४८ औं ओभरमालाई जोस बटलरले रन आउट गरे। तल्लो क्रममा मिचेल स्टार्कले २९ रन बनाए।

इंग्ल्याण्ड बलर क्रिस वोक्स ( ८-०-२०-३ ) र जोफ्रा आर्चरले ( १०-०-५४-३ ) ले ३/३ विकेट तथा जोफ्रा आर्चरले ( १०-०-३२-२ ) र मार्क वुड ( ९-०-४५-१ ) ले १/१ विकेट लिए।

Related Posts

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने
अर्थ

शिवालय गाउँपालिकामा करार कर्मचारीको म्याद थप नहुने

by सत्कार पोष्ट
२०७६ असार २६
0

जाजरकोट २९ असार : जिल्लाको शिवालय गाउँपालिकाले करारमा रहेका कर्मचारीहरुको म्याद नथप्ने निर्णय गरेको छ । असार २८ गते बसेको...

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर
कर्णाली प्रदेश

जाजरकोटबाट जुनियर राष्ट्रिय खेलाडीमा चुनिएका शिशिर मगर

by सत्कार पोष्ट
२०७६ असार २६
0

दिपेन्द्र थापा मगर जाजरकोट २६ असार : जिल्लाको पश्चिम भागमा रहेको  शिवालय गाउँपालिका वडा नम्बर १ स्यापीमा बुवा लाल बहादुर...

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

१३ औं राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी भेरीलाई

२०७६ असार २६
अग्निपथको विरोधमा भारत बन्द

अग्निपथको विरोधमा भारत बन्द

२०७६ असार २६
हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

२०७६ असार २६
यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

२०७६ असार २६

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ असार २६
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ असार २६

das beste Casino Deutschlands

२०७६ असार २६

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ असार २६

Avast Free Review Windows

२०७६ असार २६
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.