काठमाडौं : बिहिबार देखिको लगातार वर्षाका कारण सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल ढलेको छ । लगातारको वर्षाका कारण गेटको पर्खाल ढल्दा सवारी आवागमन प्रभावित भएको हो ।
सिंहदरबारको पूर्वी गेट नजिकको पर्खाल भत्किएपछि अनामनगर क्षेत्रको सडक अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ।
पर्खाल भत्किएर सडकमा पुगेपछि अवरुद्ध भएको सवारी आवागमन खुलाउने प्रयास भइरहेको बताइएको छ । बिहिबार देखि भएको अविरल वर्षाले देशका विभिन्न भागमा बढी र पहिरोको जोखिम बढेको छ भने धेरै स्थानमा सडक अवरुद्ध भएको खबर प्राप्त भएका छन् ।