घरमै आयाे पहिराेः पुरिए ११ वर्षीय बालक

काठमाडौं : अविरल वर्षाका कारण पहिराेले घर पुरिदा एकजना बालककाे ज्यान गएकाे छ । ललितपुरको बगुवामा पहिराेले घर भत्किएपछि एक बालकको ज्यान गएकाे हाे ।

स्थानीयका अनुसार पहिराेले घर भत्केपछि ज्यान गुमाउनेमा ११ वर्षीय सरोज जिम्बा रहेका छन् । हिजाे देखि अविरल वर्षाका कारण घरभन्दा माथिबाट पहिराे आएरर घर भत्केपछि उनकाे पुरिएर ज्यान गएकाे हाे ।

प्रहरी घटनास्थलतर्फ जाँदै गरेको महानगरीय प्रहरी वृत्त जावलाखेलले जनाएको छ । घटनास्थल सवारी पुग्ने भट्टेडाँडाबाट ३ घण्टाको पैदलदुरीमा छ ।

सम्बन्धित खवर

Back to top button