महेन्द्रनगर : गुडिरहेको स्कूल बसमाथि रुख ढल्दा कञ्चनपुरमा दुई विद्यार्थी घाइते भएका छन्। विद्यार्थीहरुलाई घर छाड्न जानेक्रममा एक्कासी बसमाथि रूख ढल्दा दुई विध्यार्थी घाइते भएका हुन् ।
शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको स्कूल बसमाथि रुख ढलेको हो। प्राप्त जानकारी अनुसार बस सिमलफाँटा तर्फ गैरहेको थियो।
रुख ढलेपछि सबै विद्यार्थी सकुशल उद्धार गरिएता पनि दुई विद्यार्थी घाइते भएका हुन्। घाइतेहरुको अवस्था समान्य रहेको बताइएको छ भने उनीहरुको स्थानीय स्वास्थ्यकेन्द्रमा उपचार भैरहेको छ।
दुर्घटनापछि स्थानीयले सडक तथा सडक छेउछाउका रुखहरुको व्यवस्थापनमा सम्बन्धि निकायले ध्यान दिनुपर्ने बताएका छन्।