सिलिन्डर छाेप्न खाेज्दा विनाेद चाैधरी बेपत्ता

काठमाडौं : ग्यास सिलिन्डर बगाएपछि समात्न गएका एकजनालाई बाढीले बगाएको छ । दुई दिनदेखिको लगातार वर्षाका कारण कलंकी क्षेत्र डुबानमा परेको खबर प्राप्त भएको केहिबेरमै बल्खु खोलाले बगाएर एकजना बेपत्ता भएका हुन् ।

सिलिन्डर बगाएपछि समात्न जाने क्रममा कलंकीका विनोद चौधरीलाई खोलाले बगाएको सूचना प्राप्त भएपछि खोजिका लागि सुरक्षाकर्मी पठाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

बुधवार देखि भएको अविरल वर्षाले देशका विभिन्न भागमा बढी र पहिरोको जोखिम बढेको छ भने धेरै स्थानमा मान्छेहरुको ज्यान गएको र बेपत्ता भएको जानकारी प्राप्त भएका छन् ।

सम्बन्धित खवर

Back to top button