वर्षातले देशव्यापी विपद निम्त्याएपछि प्रधानमन्त्रीकाे ट्विट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी र पहिरोमा परि ज्यान गुमाएका प्रति दुख व्यक्त गरेका छन् । बिहिबार देखिको अविरल वर्षाका कारण करिब १ दर्जनले ज्यान गुमाएको खबर प्राप्त भइसकेको अवस्थामा प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक संजाल ट्विटरमार्फत बाढी र पहिरोमा परेर ज्यान गुमाउनेप्रति श्रदाञ्जली व्यक्त गरेका हुन् ।
उनले लेखेका छन् -हिजोदेखिको अविरल वर्षाका कारण आएको बाढीमा परी ६ जनाको ज्यान गुमेको छ भने ७ जना बेपत्ता हुनु भएको छ । बाढीले ४०० घरमा क्षति पुर्याएको छ । प्रकोपप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाउनेका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।

बाढीसँगै उद्दारका लागि तदारुकतासाथ सुरक्षाकर्मी परिचालन गरिएको छ र पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन सम्बन्धित मन्त्रालय सक्रिय छन् । सर्लाहीस्थित भारतसँगको सीमा क्षेत्रमा दुईदेशबीच समन्वय गरी बहाव खुलाउने काम भइरहेको छ ।

— K P Sharma Oli (@kpsharmaoli) July 12, 2019