टी–२० सिरिजः सन्दीपले पहिलो बलमै लिए विकेट (लाइभ भिडियाे)


काठमाडौं, असार २८ : मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा टस हारेर बलिङको मौका पाएकाे नेपालले दास्रो विकेट लिएको छ । नेपाललाई दोस्रो सफलता दिलाउने क्रममा सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको पहिलो बलमा विकेट लिन सफल भए । यसअघि नेपालका लागि पहिलो विकेट सोमपाल कामीले दिलाए । उनले पहिलो ओभरको पाँचौ बलमा विकेट लिन सफल भएका थिए ।
त्यस्तै बसन्त रेग्मीले पनि विकेट लिन सफल भएका छन् । उनले १४.३ ओभरमा विकेट लिएका हुन यतिबेला मलेसियाले ९३ रन जाेडेर ३ विकेट गुमाइसकेकाे छ ।



आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपालको प्लेइङ–११ मा कोकोले पाए मौका? पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी ।
लाइभ भिडियाे