नेपाल डुबाउने बाँध फुटेपछि भारतमा भागाभाग
काठमाडौं : भारतले बाँधेको बाँध आफै भत्किएपछि डुबानमा परेको गौरसहित रौतहटका अधिकांश बस्तीमा पानिको सतह कम भएको छ। बाँध फुटेर पानी भारततर्फ बग्न थालेपछि डुबानमा परेको रौतहट आसपासका क्षेत्रहरुबाट क्रमिक रुपमा पानिको साथ कम हुँदै गएको छ।
केहि दिन देखि परेको अविरल वर्षाको पछि भारतले बाँधेको बाँधको कारण रौतहटका अधिकांश बस्ती डुबानमा परेका थिए। बाँधमा भएका ढोकाहरु नखोलिदिँदा नेपाली जमिन डुबानमा परेको र जनजीवन अस्तव्यस्त बन्न पुगेको भन्दै बाँध खोल्न पहल गर्न सरकारलाई आग्रह गरिएको थियो। तर बाँध खोल्ने भन्दा पनि भारतले बाँधमा सुरक्षाकर्मी खटाएको थियो।
यस सम्बन्धमा सामाजिक संजालमा ब्यापक आलोचना समेत भएको थियो। बाँध आफै फुटे पछि रौतहटवासीले केहि राहत महसुस गरेका छन्। उटा भारत तर्फ भने बाँध फुटेपछि बैरगनिया, अशोगी, भकुरहर, सिन्धुलियामा भागाभाग मच्चिएको छ।