ज्यान जाेगाउन धुरी चढ्दा पनि छाेडेन बाढीले


काठमाडाैं : बाढीले घर डुबानमा परेपछि घरकाे धुरीमा चढेर ज्यान जाेगाउन खाेज्दा खाेज्दै एक महिलाकाे ज्यान गएकाे छ । ज्यान जाेगाउन घरको धुरीमा चढेकाे अवस्थामा त्यहीबाट खसेर सप्तरीमा एक महिलाको मृत्यु भएको हाे ।
सप्तकोसी नगरपालिका- ७ बनिगामा बाढीले घर डुबानमा परेपछि ज्यान जोगाउन धुरी चढेकी महिलाको खसेर मृत्यु भएको हो। ज्यान गुमाउनेमा भिखन चौधरीकी श्रीमती श्यामकुमारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।



केहि दिन देखिको अविराल वर्षाको कारण देशभरको जनजीवन प्रभावित भएको छ। तराईका अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् भने पहाडका धेरै क्षेत्रहरुमा गएको पहिरोको कारण ठूलो धन-जनको क्षति भएको छ।








