घाँस काट्दै गर्दा ढिस्काे खसेर आमा छाेराकाे ज्यान गयाे


काठमाडौं : ललितपुरमा ढिस्कोले पुरेर दुई जनाको ज्यान गएकाे छ । शनिबार बिहान घाँस काट्न गएको समयमा माथिबाट आएको ढिस्कोले पुर्दा ललितपुर स्थित महाङ्काल गाउँपालिकामा आमा-छोराको ज्यान गएकाे हो।
ज्यान गुमाउनेमा महाङ्काल १ बुखेल,खरिडाँडाका पानमाया लो र सन्दीप लो रहेका छन्। यस्तै सोहि गाउँपालिकाको कोसिवनडोलमा पहिरोमा पुरिएर एक पुरुषको पनि ज्यान गएकाे छ । पहिरोमा पुरिएर कोसिवनडोलका अबिरल गोले तामाङको ज्यान गएकाे हो।



अविरल वर्षा पछिको बाढी र पहिरोको कारण दक्षिण ललितपुरमा शनिबार सम्म मृत्यु हुनेको संख्या ६ पुगिसकेको छ। देशभरी धनजनकाे ठूलाे क्षति भैरहेकाे छ ।