डरलाग्दाे सिरिन्ज आक्रमणः पूजा गर्न लाइनमै बसेकाे अवस्थामा घाेचियाे सुई

काठमाडौं : सिरिन्ज आक्रमण भएको बताउने एक वृद्धालाई परीक्षणको लागि टेकु पठाइएको छ । पशुपति मन्दिरमा दर्शनको लागि लाइनमा बसेको समयमा आफू माथि सिरिन्ज आक्रमण भयो भन्दै चिच्याएपछि नाम नखुलाइएकी वृद्धालाई टेकु अस्पताल पठाइएको हो।

मन्दिर प्रवेशका लागि लाइनमा बसेको समयमा आफूमाथि तिखो वस्तुले घोचेको बताउने ६३ वर्षीया वृद्धाको हातमा सानो घाउ देखिएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ।

वृद्धालाई घोचेको वस्तु र व्यक्तिको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ। विभिन्न समयमा राजधानीमा सिरिन्ज आक्रमणको उजुरी र हल्ला चलेको भएता पनि सिरिन्जले नै घोचिएको भने अहिले सम्म कुनै घटना घटेका छैनन्।

सम्बन्धित खवर

Back to top button