विहार डुबान परेकाे भन्दै काेशी व्यारेज बन्द गर्न भारतकाे तिब्र दबाब

काठमाडाैं : लगातारकाे वर्षाले सप्तकोशीमा पानीको बहाव उच्च भएसँगै अहिले ५६ ढोकामध्ये ३६ ढोका खोलिएका छन् । काेशी व्यारेजका ३६ ढाेका खाेलिएपछि भारतको बिहार जलमग्न भएकाे भन्दै भारतले ढोका बन्द गर्न तिब्र दबाब दिएकाे छ । विहार क्षेत्रमा डुबान हुन थालेपछि भारतले लगातार ढाेका बन्द गर्न दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले जानकारी दिए ।

यतिबेला काेशी नदीमा एक लाख ५० हजार क्यूसेक दरले पानीकाे बहाव पढीरहेकाे छ । पानीको बहाव मापन गर्दा आज अपराह्न २ः०० बजेको मापनअनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोशी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । याे पानीकाे बहाव निकै खतरा मानिने हाे बहाव हाे ।

वर्षा निरन्तर जारी रहेकाले सप्तकोशीमा पानीको बहाव थप बढ्न सक्ने भन्दै प्रशासनले कोशी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।

यसैबीच आज प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले कोशी ब्यारेज तथा सुनसरीका बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।

सम्बन्धित खवर

Back to top button