satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

पूर्व-पश्चिम राजमार्ग अवरूद्ध, जनजीवन ठप्प

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ असार २९ मा प्रकाशित
792
पूर्व-पश्चिम राजमार्ग अवरूद्ध, जनजीवन ठप्प

महोत्तरी : महोत्तरीकाे बर्दिवास नगरपालिकामा पर्ने भप्सी पुल भत्केको पुर्व-पश्चिम राजमार्ग अवरूद्ध बनेकाे छ । भीषण वर्षापछि आएकाे बाढीपहिराेले पुल भत्केपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको हाे । राजमार्ग अवरूद्ध भएपछि हजारौं सवारी साधन अलपत्र परेका छन् ।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले दिएको जानकारी अनुसार वर्षापछि आएको भीषण बाढीले पुलको बीच भाग नै बगाएको छ । पुल बगाएपछि पूर्व-पश्चिम यातायात सेवा अबरूद्ध हुनुका साथै जनजीवन ठप्प बनेकाे छ ।

३९ जनाको ज्यान गयाे
बाढीपहिरोमा परी दुई दिनमा देशका विभिन्न भागमा ३९ जनाको ज्यान गएकाे छ। कम्तीमा ३३ जना बेपत्ता भएका छन्। राजमार्ग डुबाउँदा र कतिपय पुल भत्काउँदा आवागमन अवरुद्ध भएको छ।

समयमा राहत र उद्धार हुन नसक्दा पूर्वी र मध्य तराईका सर्वसाधारणको जनजीवन कष्टकर भएको छ। बिहीबार साँझदेखि भएको अविरल वर्षा केही घटेपनि रोकिएको छैन। यसले बाढीपहिरो आउने क्रम जारी छ।

बाढीपहिरोमा ललितपुरमा ६, भोजपुरमा ५, काठमाडौंमा ३, इलाममा १, झापामा ३, ओखलढुंगामा २ र सुनसरीमा १ जनाको मृत्यु भएको छ। बारा, पर्सा र सप्तरीमा १–१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काभ्रेमा ३, रामेछापमा १, सिन्धुलीमा २, मकवानपुरमा ३, धादिङमा २, दाङमा १, चितवनमा १, पाल्पामा १ र डोल्पामा १ जनाको ज्यान गएकाे छ।

ललितपुरको महांकाल गाउँपालिकाको बुखेलमा ढिस्कोले पुरिएर आमाछोराको ज्यान गएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए। मृत्यु हुनेमा पानमाया लो र उनका १० वर्षका छोरा सञ्जीव लो छन्। कोन्जोस्योम घर भएका उनीहरू काम गर्न बुखेल पुगेका थिए।

यस्तै गोठमा काम गर्न गएकी बुखेलकै सीता रानाको पहिरोले पुरिएर ज्यान गएको छ। उनी महिला स्वास्थ्य स्वयंसेविका हुन्। पानीको भेल तर्काउन खेतमा गएका बखुलेकै अविरल गोलेको ज्यान गएकाे जोशीले बताए। कुसुन्तीका सुबेस बस्नेतको बगेर ज्यान गएको छ। नख्खु खोलाको किनारामा हिँड्दै गर्दा चिप्लिएपछि उनलाई र खोलाले बगाएको थियो। बागमती गाउँपालिकाको माल्टामा शुक्रबार बालक सरोज जिम्बाको घर भत्किएर ज्यान गएको थियो।

राहतका लागि जिल्लाका प्रत्येक गाउँपालिकालाई ३० वटा कम्बल र ३० वटा टेन्ट उपलब्ध गराउने निर्णय भएको जोशीले बताए। काठमाडौंको मूलपानीमा घर भत्किँदा एकै परिवारका तीनजनाको ज्यान गएको थियो।

प्रदेश १ प्रहरी कार्यालय विराटगनगरका प्रवक्ता एसएसपी किशोर दाहालका अनुसार शनिबार भोजपुरको रामप्रसाद राई गाउँपालिका–५ मा एकै परिवारका तीन जनाको पहिरोमा परेर ज्यान गएको छ। ज्यान गुमाउनेमा मनकुमारी राई, शिवकुमार राई र शक्तिकुमार राई छन्। यस्तै भोजपुरमै शुक्रबार जगतबहादुर राई र जनक विकको ज्यान गएको थियो। इलामको चुलाचुली–१ मा एकजनाको ज्यान गएको छ।

ओखलढुंगाको मोलुङ गाउँपालिका–७ पात्लेकी खपुटी शेर्पा र याङ्जी शेर्पाको पहिरोमा पुरिएर ज्यान गएको छ। यस्तै झापाको शिवसताक्षी नगरपालिका–५ सालमारास्थित सौगात चापागाईं र समीक्षा पौडेलको ज्यान गएको छ। झापाकै दमक नगरपालिका–१० की ६ वर्षीय बालिका एलिजा न्यौपानेको ज्यान गएको प्रहरीले जनाएको छ।

खोटाङमा खोटेहाङ गाउँपालिका–२ का रेखा राई र छोराहरू रोमन र रोहनको मृत्यु भएको छ। पहिरोमा परी इलामको चुलाचुली गाउँपालिका–१ का अञ्चल लावतीको ज्यान गएको छ। सुनसरीको इटहरी–५ मा सागर थापाको खोलाले बगाएर ज्यान गएको छ।

डुबानमा परेर बारा, पर्सा र सप्तरीमा गरी १–१ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा पर्साको गढी नगरपालिका–१ का निखिल पटेल, बारा परवानीपुर गाउँपालिका–१ की १८ महिनाका बालक छन्। यस्तै सप्तरीको सप्तकोसी नगरपालिका–७ बनिगामामा श्यामाकुमारीको डुबानमा परी ज्यान गएको छ।

बाढीपहिरोमा परि ज्यान गुमाउनेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका–२ की सुष्टि डिम्डुङ र कैलाश गाउँपालिका १० नामटारका सानुकान्छा सुनार छन्। थाहा नगरपालिका–३ की १४ वर्षीया सन्तमाया बलामीको ज्यान गएको छ। काभ्रेको बनेपामा घर भत्कँदा काभ्रेमा गोमा दंगाल र सात वर्षीया नातिनी सोहनीकाे ज्यान गएको छ। काभ्रेमै कृष्णदेवी रायमाझीकोज्यान गएको छ। सिन्धुलीमा बाढीपहिरोका कारण दुधौली नगरपालिका–४ कार्बन कापरी र फिक्कल गाउँपालिका १ झुल्खे महादेवडाँडाकी हेमकुमारी सुनुवारको ज्यान गएको छ। बाढीपहिरोमा परी धादिङमा दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा बेनीघाट रोराङ गाउँपालिका–१० का राजकुमार ठकुरी र गजुरी गाउँपालिका–४ की अस्मिता तामाङ छिन्। यस्तै रामेछापमा गोठ भत्किएर पद्मकुमारी सुनुवारको ज्यान गएको छ। चितवनको इच्छाकामना गाउँपालिका–५ मा पहिरोले पुर्दा दाङ घोराहीका अनिल गुरुङको ज्यान गएको प्रहरीले जनाएको छ।

खोलाले बगाउँदा दाङको बंगलाचुली गाउँपालिका–८ कैनपानीका भक्तसिंह वैजालीको ज्यान गएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए। यस्तै पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डमा पहिरो खस्दा लु५०प ४६७१ नम्बरको मोटरसाइकल चालक धनबहादुर सुनारीको ज्यान गएको छ।

बाढीले बगाएर डोल्पामा एक जनाको ज्यान गएको छ। मुड्केचुला गाँउपालिकाकाको कालिका क्षेत्रमा बाढीले बगाउँदा ४३ वर्षीय धनराज बोहोराको ज्यान गएको प्रहरीले जनाएको छ।

३३ जना बेपत्ता
बाढीपहिरोमा परी ३३ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा डोल्पामा १०, पाँचथरमा १, इलाममा ३, झापामा १, उदयपुरमा १, भोजपुरमा २ जना छन्। यसैगरी मोरङमा १, सुनसरीमा १, रौतहटमा १, महोत्तरीमा १, सिन्धुलीमा ४, मकवानपुरमा १, धादिङमा १, काठमाडौंमा १, ललितपुरमा १ जना बेपत्ता भएका छन्। इलामको माईखोला तर्ने क्रममा तीन विद्यार्थी बेपत्ता भएका हुन्। बाढीका कारण पूर्वी र मध्यतराईका विभिन्न जिल्ला डुबानमा परेका छन्।

वर्षाका कारण प्रदेश २ आठ जिल्लामा गरी ५८ हजार १ सय ४० जना विस्थापित भएका छन्। उनीहरूलाई नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ।

सप्तकोसीमा ४० ढोका खुला
सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी छ। पानीको बहाव शनिबार साँझ ३ लाख ७ हजार ६५५ क्युसेक पुगेको ब्यारेज प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए। यो यस वर्षकै उच्च हो। बहाव बढेसँगै तीन दिनदेखि ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। कोसी ब्यारेजका ४० वटा ढोका खुला गरिएको उनले जानकारी दिए। भारतको बिहारमा डुबान हुन थालेपछि ढोका कम खोल्न भारतीय पक्षले दबाब दिएको बताइएको छ। चतरामा कोसीको पानी खतराको सतहभन्दा माथि मापन गरिएको छ। तटवर्ती क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ।

पीडितको सहयोगमा जुट्न अपिल
प्रदेश १ का प्रमुख गोविन्दबहादुर तुम्बाहाङले लगातारको वर्षासँगै पीडित बनेकालाई सहयोग जुटाउन आग्रह गरेका छन्। शनिबार विज्ञप्ति जारी गर्दै उनले पीडितलाई सहयोग गर्न सबै पक्षसँग अपिल गरेका छन्।

बाढीले सबैभन्दा बढी रौतहट र महोत्तरी जिल्लामा पु¥याएको छ। रौतहटमा बाग्मती र लालबकैया नदीको बाँध टुट्दा गाउँबस्ती डुबानमा परेका छन्। सदरमुकाम गौरमा घरघरमा पानी पसेर जनजीवन अस्तव्यस्त भएको छ। धनुषा र सिरहामा कमला नदीमा पानीको जलस्तर बढेर बाँध भत्काउँदा गाउँबस्तीमा जलाम्मे भएका छन्।

गौरस्थित सीमा क्षेत्रमा भारतले बाँधको ढोका (साइफन) नखोल्दा पानीले निकास पाउन सकेको छैन। भारतले एक पक्षीय रुपमा निर्माण गरेको बाँधको ढोका नखोल्दा सदरमुकाम गौर डुबानमा परेको छ। यसबारे जिल्ला प्रशासनले गृह मन्त्रालयलाई जानकारी गराइसकेको छ।

मृतकका परिवारलाई राहत
प्रदेश २ सरकारले बाढीपहिरोमा मृतकका परिवारलाई ३/३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। मन्त्रिपरिषद्को शनिबार बसेको आकस्मिक बैठकले मृतक परिवारलाई ३ लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो। राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई १०–१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ।

बाढी पहिरोका कारण सबै सडक अवरुद्ध भएको अवस्थामा राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकप्टर मगाउने पहल भइरहेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बताए।

यस्तै प्रदेश ३ सरकारले बाढीपहिरोमा परी निधन भएका परिवारलाई एक लाख रुपैयाँ राहत रकम दिने भएको छ। विपद् व्यवस्थापन निर्देशक समितिको शनिबार बसेको बैठकले रकम दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बताए।

समितिका अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले बाढीपहिरोमा परेर घाइते भएकाहरुलाई प्रदेश ३ सरकार मातहत रहेका अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको छ।

उद्धारमा ३५ हजार सुरक्षाकर्मी
बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि २१ जिल्लाका ३२ स्थानमा ८ हजार नेपाली सेना परिचालित भएका छन्। अति प्रभावित १४ जिल्ला झापा, सुनसरी, उदयपुर, भोजपुर, सिराहा, धनुषा, महोत्तरी, रौतहट, बारा, सिन्धुली, मकवानपुर, काठमाण्डौ, ललितपुर र काभ्रेपलाञ्चोकमा सेनाले ३ सय ५८ जनाको सकुशल उद्धार गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

सेनाले पहिरोका कारण अवरुद्ध बिपी राजमार्ग, काठमाण्डौ–हेटौडा सडक, भोजपुर–खोटाङ–लेगुवा सडक सुचारु गरी यातायात आवागमन सहज बनाएका छन्।

बाढी तथा पहिरोबाट प्रभावित स्थानहरुमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकसहित काठमाडांै उपत्यकामा ८८५६, प्रदेश १ मा ६३०५, प्रदेश २ मा ५७०२, प्रदेश ३ मा ३४०५ र प्रदेश ६ मा ३११२ जना गरी २७,३८० प्रहरी परिचालित छन्। विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ।

Related Posts

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।
अपराध

पुजा कुन विश्वकर्माको ? साक्षर हुनेले पढोस् र बुद्धि हुनेले बुझोस् ।

by ललित पहाडी
२०७६ असार २९
0

भाद्र,१, काठमाडौं:- विश्वकर्मा' अर्थात् वैद्विक सभ्यताका महान शिल्पकार । अर्थात् 'बनाउने मान्छे ।' जसलाई वैद्विक दर्शनका अनुसार अनेक देवहरु मध्य...

डोटी कांग्रेस विद्रोहको तयारीमा
प्रदेश

डोटी कांग्रेसले विद्रोहको तयारी गर्दै

by सत्कार पोष्ट
२०७६ असार २९
0

काठमाडौं,१ असाेज : डोटीमा गठबन्धनका लागि पार्टी नेतृत्वबाट ‘अप्रिय’ निर्णय हुन लागेको भन्दै डोटी कांग्रेसले संस्थागत विद्रोहको तयारी थालेको छ...

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

सम्झनामा बि पि जयन्ती-प्रेम बहादुर रामजाली मगर

२०७६ असार २९
नव कालिकाकाे साधारण सभा सम्पन्न  अध्यक्षमा जुना बिक काे प्यानल  सर्बसहत चयण

नव कालिकाकाे साधारण सभा सम्पन्न अध्यक्षमा जुना बिक काे प्यानल सर्बसहत चयण

२०७६ असार २९
ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

ने. का. शिवालय ६ ले पार्टीको कुनैकुरामा संलग्नता नहुनेभन्दै बुझायो ध्यानाकर्षण पत्र

२०७६ असार २९
दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

दैलेख गुराँसमा भएको आन्दोलनमा राजनितिकरण गरिएको छैन: प्रेम ब.रामजाली मगर

२०७६ असार २९

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ असार २९
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ असार २९

das beste Casino Deutschlands

२०७६ असार २९

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ असार २९

Avast Free Review Windows

२०७६ असार २९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.