यस्तो छ दुईदिनसम्मकाे मौसमः उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं : मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक रहेको छ तर कमझोर अवस्थामा छ। यी प्रणालिहरूका कारण मनसुन अझै सक्रिय रहे पनि विस्तारै कमजोर हुदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज शुक्रबार जस्तो अविरल वर्षा भने नहुने महाशाखाले जनाएको छ । तर पनि जोखिमपुर्ण ठाँउमा उच्च सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ। आज र भोली केही रोकिएर पानी पर्ने छ।१०० मिलिमिटर भन्दा माथि वर्षा हुने सम्भावना कम रहेको महा शाखाले जनाएको छ । आगामी दुई दिनको मौसम जानकारी :
असार २९ गते (आईतबार) : दिउँसो देशभर सामान्य देखि पुर्ण वदलि रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको खासगरि पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ । राति देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।
असार ३० गते (सोमबार) : दिउँसो देशभर सामान्य वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ । देशको खासगरि पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक – दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ। राति देश भर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक – दुई स्थानमा भारि वर्षा हुने सम्भावना छ।
“देशको पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमी भू-भागको एक– दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। यसको कारणले पूर्व र मध्य क्षेत्रका पहाडि भू- भागमा पहिरो जानसक्ने र पूर्वी, मध्य, र पश्चिमी तराई क्षेत्रका नदि हरुमा जलको वहाव र स्तर हल्का वढन सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु पर्ने देखिन्छ। साथै, देशभर बिशेषतः हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु पर्ने देखिन्छ।” भन्दै मौसम पूर्वा नुमान महाशाखाले सर्तकता अपनाउन आग्रह गरेको छ ।