काठमाडौं, असार २९ : मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दैछ । यतिबेला नेपाललाई ठूलाे झट्का लागेकाे छ ।
७ ओभर सकिदा ३ विकेट गुमाउँदै ४७ रन मात्रै जाेडेकाे छ । नेपालले पारस खड्का, ज्ञानेन्द्र मल्ल, पवन सराव विकेटकाे रूपमा गुमाइसकेकाे छ ।
आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपाल र मलेसियाबीचको खेल नेपाली समयअनुसार बिहान ७ः४५ बजेदेखि सुरु भएकाे हाे ।
हेर्नुस् लाइभ