काेशी ब्यारेजका ५६ मध्ये पुनः १० ढोका बन्द गरियाे

सुनसरी : सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि खोलिएका ५६ वटै ढोकामध्ये बिहान ८ बजेदेखि १० वटा बन्द गरिएका छन्। पानीको बहावले पुललाई नै खतरा भएपछि कोशी ब्यारेज कन्ट्रोल रुमले ५६ वटै ढोका खुल्ला गरेको थियो।

शनिबार राति साढे १० बजेपछिे पानीको बहाव ३ लाख ७१ हजार २१० क्युसेक पुगेपछि भारतले सबै ढोका खुला गरेको कोशी ब्यारेजस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए।

उक्त बहाव १५ वर्षयताकै उच्च हो। आइतबार बिहान ८ बजेको मापनअनुसार पानीको बहाव २ लाख ९० हजार ३४० क्यूसेक पुगेको छ । आइतबार बिहानैदेखि पानीको बहाव घट्नेक्रममा रहेको प्रहरी सहायक निरीक्षक दाहालले जानकारी दिए।

सम्बन्धित खवर

Back to top button