विश्वकप क्रीकेट: न्युजिल्याण्डलाई अर्को ठूलो झ्ट्का


काठमाडौं : न्युजिल्यान्डलाई अर्को ठूलो झट्का लागेको छ ।पाँचौ विकेटको रुपमा जिम्मी निशमलाई गुमाएको छ । उनलाई पलंकेटको बलमा जोय रुटले क्याच गरेका हुन् । २५ बलको सामना गर्दै १९ रन जोडेका थिए ।
चौथो विकेटको रुपमा रोस टेलरलाई गुमाएको छ । उनलाई मार्क उडले लिएका हुन् । रोसले ३१ बलमा १५ रन जोडेका थिए ।



तेस्रो विकेटको रुपमा हेन्ह्री निकोलसलाई गुमाएको थियो । उनले ७७ बलको सामना गर्दै ५५ रन जोडेका थिए । उनलाई पलंकेटले लिएका हुन् ।
यसअघि दोस्रो विकेटको रुपमा केन विलियमसनलाई गुमाएको छ । उनलाई जोस बटलरले लिएका हुन् । ५३ बलमा जम्मा ३० रन मात्रै जोडेका थिए ।
पहिलो विकेटको रुपमा मार्टिन गप्टिललाई गुमाएको थियो । गप्टिकले १८ बलमा १९ रन जोड्दै एलबीडब्लूको धरापमा परेका थिए । उनलाई क्रीस वोक्सले एलबीडब्लूको धरापमा पारेका हुन् । अहिले न्युजिल्यान्डले ४१ ओभरमा जम्मा १८१ रन जोडेको छ ।
आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा घरेलु टोली इंग्ल्याण्डविरुद्ध टस जितेर न्युजिल्याण्डले ब्याटिङ गरिरहेको छ ।
क्रिकेटको मक्का मानिने लण्डनस्थित लड्स क्रिकेट मैदानमा हुने खेलमा टस हारेको घरेलु टोली इंग्ल्याण्डले फिल्डिङ गरिरहेको छ ।
२७ वर्ष पछि फाइनल खेल्न लागेको इंग्लाइन्ड न्युजिल्याण्डविरुद्ध उत्कृष्ट शुरुवातको खोजीमा रहेको छ । यता अघिल्लो सिजनको उपविजेता न्युजिल्याण्ड भने यो सिजनमा विजेता बन्ने लक्ष्यका साथ मैदान उत्रेको हो ।