satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष
No Result
View All Result

satkar post

No Result
View All Result
Trending
  • भिडियो
  • कोरोना-भाइरस
  • नेपाली-चलचित्र
  • अपराध
  • नेपाली-कांग्रेस
  • कर्णाली
  • जाजरकोट

रहेनन् नाकाबन्दीकाे बेला खुलेर सहयोग गर्ने बंगलादेशी पूर्वराष्ट्रपति हुसेन

सत्कार पोष्ट सत्कार पोष्ट
२०७६ असार २९ मा प्रकाशित
944
रहेनन् नाकाबन्दीकाे बेला खुलेर सहयोग गर्ने बंगलादेशी पूर्वराष्ट्रपति हुसेन

काठमाडाैं : बंगलादेशका पूर्व राष्ट्रपति एवं सैनिक प्रमुख हुसेन मोहम्मद एर्सादको ८९ वर्षको उमेरमा आइतबार नि *धन भएको छ । सन् १९९० मा सत्ता छाड्नुअघि एर्सादले सन् १९८३ देखि १९९० सम्म बंगलादेशको सत्ता सम्हालेका थिए । एर्सादले सन् १९८२ अप्रिल २४ मा जननिर्वाचित राष्ट्रपति अब्दुस सत्तारलाई सत्ताच्यूत गरी शासनभार आफूले लिएका थिए । सन् १९९० मा भएको जनप्रदर्शनबाट सत्ता छाड्न बाध्य हुनुभएका एर्सादलाई त्यसपछि भ्रष्टाचारको आरोपमा केही वर्ष जेल सजाय दिइएको थियो ।

पछिल्लो समय जातीय पार्टी खोल्नु भएका एर्सादको बुढ्यौली उमेरका जटिलताका कारण नि *धन भएको उहाँका पूर्व सहकर्मी एवं सांसद काजी फिरोज रसिदले बताए । सैनिक जनरल एर्सादले रक्तपातविहीन राज्यविप्लव मार्फत जननिर्वाचित सरकारबाट सत्ता हत्याउनुभएको थियो । उहाँकै शासनकालमा इस्लामलाई बंगलादेशको राज्यधर्म बनाइएको थियो ।

सन् १९९० को दशकमा सत्ताच्यूत भएपनि उहाँको जातीय पार्टीले संसदमा तेस्रो स्थान हासिल गरेको थियो । उनकाे वर्तमान प्रधानमन्त्री शेख हसिनाको पार्टीको एक प्रमुख गठबन्धनमा थियो । एर्साद आफ्नो निर्वाचन क्षेत्रमा निकै लोकप्रिय नेता पनि हुनुहुन्थ्यो जहाँबाट उहाँले लगातार छ पटक संसदीय निर्वाचनमा विजयी भएका थिए । भारतले २०४६ मा नेपालविरुद्ध नाकाबन्दी लगाएको समयमा एर्सादले नेपाललाई सहयोग गरेका थिए। बंगलादेशका लागि नेपालका तत्कालीन राजदूत मोहनप्रसाद लोहनीले भारतीय नाकाबन्दीका कारणा नेपाल आफ्ठ्यारोमा परेको भन्दै एर्सादले आवश्यक सहयोग गरेको स्मरण गरे।

‘भारतको छिमेकी भए पनि नेपालजस्तै भारतसँग बंगलादेशका गुनासो रहँदै आएको छ। एर्सादले भारत र छिमेकी देशबीचका सम्बन्धबारेमा राम्रोसँग बुझ्नु भएको थियो’ लोहनीले नेपालखबरसँग भने, ‘नब्बेको नाकाबन्दीको समयमा एर्सादले नेपालले चाहेको जति सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो।’

भारतले वाणिज्य तथा पारवहन सन्धि नवीकरण नगरी नेपालमाथि नाकाबन्दी गरेको थियो। ‘बंगलादेशले जति सहयोग गरेको भए पनि हामीले सबै नेपाल ल्याउन सकेनौं’ लोहनीले भने, ‘प्रधानमन्त्री मरिचमान सिंहले राति साढे १० बजे फोन गर्नु भएको थियो। त्यस लगत्तै मैले एर्सादका सचिवलाई फोन गरेँ। १० मिनेटमै नेपाललाई अहिले अठ्फ्यारोमा परेको भन्दै आवश्यक भए जति सहयोग गर्न एर्सादबाट निर्देशन भएको जानकारी आएको थियो।’

त्यो बेला नेपालले बंगलादेशसँग पेट्रोल, डिजेल, मट्टितेल र चीनी मागेको थियो। ट्याङ्कर नभएकाले नेपालले हवाई जहाजबाट एक पटक मट्टितेल ल्यायो। महँगो परेको भन्दै अन्य कुरा ल्याएन। याे सामग्री नेपाल खबरको सहयोगमा  तयार पारेकाे हाे।

यो धार्मिक कुरा पनि पढ्नुस् – नेपालमा विश्वले अद्भूत मान्ने धरोहरु, प्राकृतीक केन्द्र र धार्मिक धरोहर रहेका छन् । कञ्चनपुरको बेदकोट नगरपालीका ४ चुरेको फेदीमै रहेको शिवलिङ्गेश्वर (लिङ्गा) क्षेत्र यही अद्भूत मध्येको एक हो । यहाँ अबलोकनका लागि पुग्ने पर्यटको संख्या बढ्दो छ । विश्वभरीका हिन्दुहरु त्यहाँ पुगेर दर्शन गर्ने गर्दछन् । हुन त न राम्ररी गाडी गुडने सडक छ, न प्रचार प्रसारमा जोडनै दिईएको छ तै पनि हज्जारौ मानिसहरु पुगिरहेका छन् । सानो खोलाको किनारामै विभिन्न माटोका अनौठा आकृति नियाल्नका लागि यहाँ आन्तरिक र बाह्य पर्यटकको घुईचो लाग्ने गरेको छ ।

माटोका अनौठा आकृति संगै सेल्फि लिनका लागि पर्यटक यस क्षेत्रमा पुग्ने गरेका छन । पर्यटकको सुविधका लागि नगरपालीकाले सेल्फि प्वाईन्टको निर्माण गरेपछि यो क्षेत्र पर्यटकको आर्कशक गन्तव्य बन्न पुगेको छ ।

टाढा बाट लश्करै मन्दिरहरुको शहर जस्तो देखिने माटोका आकृतिलाई नजिक गएर नियाल्दा कुनै कलाकारले माटोको पहाडलाई चिरेर विभिन्न आकृतिमा खोलाको किनारामा प्रदर्शनका लागि राखेको जस्तो देखिन्छ । एक पटक यस क्षेत्रको अबलोकनका लागि पुगेको व्यक्ति यस क्षेत्रको प्राकृतिक कलाकृतिको बर्णन गरेर थाक्दैनन् । स्वस्फुत रुपमा यस क्षेत्रले पर्यटक तान्न थालेको छ ।

ढुङ्गले भरिएको पथरिलो सडकमा सवारी साधान गुडाउदै यस क्षेत्रको अबलोकनका लागि दैनिक दुई सय बढी आन्तरिक र बाह्य पर्यटकहरु पुग्ने गर्दछन । प्रकृतीको अनुपम दृश्यलाई क्यामेरा र मोवाईलमा कैदगरी सामाजिक सञ्जाहरुमा राख्ने कार्यले समेत विगत दुई बर्ष यता देखि हुदै आएपपछि यस क्षेत्रले चर्चा पाउन सफल भएको शिक्षक राघव अबस्थीले बताए ।

पूजापाठका सामान राखेर बसेको छु, बिहान आउँछु, साँझ घर जान्छु, कहिलेकाहिँ मेला पर्वका बखत राति पनि यहीँ बस्छु,’ पसलमा भेटिएका धामीले भने, ‘जति आउँछन्, सबैले धन्य हो भन्ने गर्छन् ।’

टाढा बाट दृश्य नियाल्दा ढुङगालाई ठाउ ठाउमा ठिङ्ग उभ्याई दिए जस्तो अनुभव हुने यस क्षेत्रको नजिक गएर हेर्दा माटो बाट बनेको पहाडका आकृति देख्दा जो कोही पनि आश्चर्यमा पर्ने गरेको छ । यस क्षेत्रले पर्यटकीय क्षेत्रका रुपमा चर्चा बटुल्न थालेपछि चलचित्र र म्युजिक भिडियोको छायांकनको कार्य गर्नका लागि यो क्षेत्र रोजाईमा पर्न थालेको छ । स्थानिय बासिन्दाका अनुसार यहाँ दैनिक दुई वटा म्युजिक भिडियो र चलचित्रको छायांकनको कार्य हुदै आएको छ ।

यस क्षेत्रलाई स्थानिय बासिन्दाले धार्मिक क्षेत्रका रुपमा समेत लिने गरेका छन । शिवलिङ्गेशवर क्षेत्रका रुपमा यस क्षेत्रले धार्मिक मान्यता पाएको छ । स्थानिय ७७ बर्षिय बिरादत्त भट्ट शिवलिङ्ग क्षेत्रमा भगवान शिवको बास रहेकाले दत्तचित्त रुपले यस क्षेत्रमा पुजा गरे मनले चिताएको पूर्ण हुने बताउ छन ।

माटोका विभिन्न आकृति भएका ठाउ नजिकैको खोलामा विसं २०२७ सालमा स्थानिय बासिन्दाले कुलो खन्दा पानी कुनै पनि हालतमा कुलोमा नचढने भएपछि भगवान शिवलाई स्थानियले ध्यु संग भात खाने र चढाउने भाकल गरेपछि पानी नहरमा आउन थालेपछि यस क्षेत्रले धार्मिक मान्यता पाएको उनले बताए ।

जानकारहरुका अनुसार धेरै पहिले चुरे पर्वत बर्षाका कारण खिईदा चुन, कोईला र गन्धकले भरिएको पहाडले विभिन्न आकृतिको रुपमा लिएको हो । हाल जति बर्षा भएपनि माटोका मसिना माटोका आकास तर्फ फर्केका विभिन्न आकृतिका थुम्कामा कुनै असर नपर्ने गरेको स्थानियको भनाई रहेको छ । यस क्षेत्रमा विसं २०२५ साल देखि बस्ती बस्न शुरु भएपछि पहाडका आकृति हाल जुन अबस्थामा छन त्यही अबस्थामा पहिलेपनि देखेको बुढापाकाहरु बताउद छन ।

बेदकोट नगरपालिकाले लिंगा र बेदकोट ताललाई जोडेर धार्मिक पर्यटकीय क्षेत्र बनाउन सुरु गरेको छ । लिङ्गाको पर्यटन प्रवद्र्धनका लागि दोस्रो नगरसभा लिंगामै गरिएको थियो । बेदकोटका नगर प्रमुख अशोककुमार चन्दले लिङ्गाको धार्मिक पर्यटकीय विकासका लागि विशेष प्राथमिकता दिइएको बताए । ‘लिङ्गा र बेदकोटलाई एकआपसमा जोडेर धार्मिक पर्यटकीय क्षेत्र बनाउने योजना छ,’ नगर प्रमुख चन्दले भने, ‘यसका लागि गुरुयोजना बनाएर जान्छौं ।’

चुल्लीगाड खोलामा झोलुङ्गे पुल र लिङ्गासम्म पक्की सडक पुर्याउने नगरपालिकाको योजना छ । लिङ्गा प्रवेशका लागि प्रवेशद्वार निर्माण गरिएको छ । बेदकोट नगरपालीकाको दैजी चौराहाबाट सडक मार्ग हुदै धर्मपुर हुदै सात किलो मिटरको सडक तय गरेपछि यस क्षेत्रमा पुग्न सकिन्छ ।

हाल नगरपालीकाले पर्यटकीय क्षेत्र सम्म पुग्ने सडकको स्तरोन्नतीको कार्य गरी पर्यटकीय क्षेत्रमा मन्दिर, मूर्तिहरु राखेको छ । सेल्फि खिच्न चाहने पर्यटका लागि सेल्फिप्वाईन्ट समेत निर्माण गरेको छ । नगरपालीकाका अनुसार एक बर्षको अबधिमै लिंगामा पुग्ने पर्यटकको संख्या ४० हजार बढी रहेको छ । आन्तरिक, छिमेकी देश भारत र तेश्रो मुलुकका पर्यटक समेत यहाँ पुगेका छन ।

Related Posts

अग्निपथको विरोधमा भारत बन्द
अन्तर्राष्ट्रिय

अग्निपथको विरोधमा भारत बन्द

by सत्कार पोष्ट
२०७६ असार २९
0

सरकारले ल्याएको अग्निपथ योजनाको विरोधमा आज भारत बन्दको आह्वान गरिएको छ । बन्दको पूर्वसन्ध्यामा सोमबार बिहान धेरै राज्यहरूमा प्रहरीले उच्च...

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट
अन्तर्राष्ट्रिय

हटाइयो अल्लूको न्यूड दृश्य ‘पुष्पा’बाट

by सत्कार पोष्ट
२०७६ असार २९
0

दक्षिण भारतीय स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा’ थिएटरमा रिलिज भइसकेको छ । फिल्ममा दिनमा दुई गुना रातमा चौगुना हिसाबले बक्स...

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

यू–१९ एसिया कप क्रिकेट : समूह ‘बी’ मा नेपाल

२०७६ असार २९

बोका जुनियर्सलाई म्यारोडोना कपको उपाधि

२०७६ असार २९

देश फर्किन चाहने विदेशीलाई जान दिन्छौं- तालिबान

२०७६ असार २९
NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

NRNA मलेसियाको ७औं अधिबेशनबाट ICC सदस्य मा निर्बिरोध ५ सदस्यसहित पुर्ण कार्यसमिति चयन।

२०७६ असार २९

टिम

प्रकाशक/सम्पादक 
धर्म बहादुर बुढा

सह-सम्पादक
ललित पहाडी

डेस्क सम्पादक
पृथ्वी बहादुर बुढा

सत्कार पोष्टका लागी

भर्खरै

Vulkan Vegas Promo Code Juli 2023: Bis zu 1000 Bonus 68

Vulkan Vegas Casino Android APP Die Beste mobile Casino

by हेमन्त बुढाथोकी
२०७६ असार २९
0

Da Sie bei Vulkan Vegas bereits eine riesige Spieleauswahl haben, können Sie sicher sein, dass Sie auch mit der APK...

Read more

Bezpłatne Spiny Bez Depozytu W Kasynie Vulkan Vegas

२०७६ असार २९

das beste Casino Deutschlands

२०७६ असार २९

Erfahrungen Von Der Besten Spielhalle!

२०७६ असार २९

Avast Free Review Windows

२०७६ असार २९
satkar post

आधारशीला सञ्चार (प्रा.लि.)
कामपा-२२, टेवहाल, काठमाडाैं
सूचना विभाग दर्ता नं. १२९७/२०७५-७६

फोन : ९८४०६०२१३९, ९८१८१८२२७०
ईमेलः [email protected]

प्रकाशक : पृथ्वी बहादुर बुढा
सम्पादक : तारा कुमारी बि.सी.

होम

  • राजनीति
  • विचार
  • अर्थ
  • समाज
  • साहित्य
  • खेलकुद

विविध

  • प्रविधि
  • रंगमञ्च/मनाेरञ्जन
  • प्रवास
  • सम्पादकीय
  • प्रदेश
  • स्वास्थ्य
Satkar Post
  • cantact
  • Privacy & Policy

© 2020 Satkarpost - Designed by: prathanamedia.

satkar post
  • राजनीति
  • विचार
  • अर्थ
  • सम्पादकीय
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • साहित्य
  • खेलकुद
  • विविध
    • प्रविधि
    • मनोरञ्जन
      • गीत/संगीत
      • बलिउड/हलिउड
    • प्रवास
    • संवाद
    • लोकसेवा सामग्री
    • भिडियो
    • अन्तर्राष्ट्रिय
    • ज्योतिष शास्त्र
    • धार्मिक आस्था
    • राेचक
    • कोभिड-१९ विशेष

© 2020 Satkarpost - Designed by: prathanamedia.