हार्दिक बधाई ! विश्वकप क्रिकेटकाे उपाधि इंग्ल्याण्डलाई
काठमाडाैं : आयोजक इङ्ल्यान्डले वान डे विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। लर्डस स्टेडियममा अघिल्लो संस्करणको उपविजेता न्युजिल्यान्डको उपाधि जित्ने सपनामा धक्का दिँदै इङ्ल्यान्डले उपाधि उचालेको हो। निर्धारित ५० ओभरको खेल बराबरी भएपछि सुपर ओभरमा पुगेर इङ्ल्यान्डले उपाधि उचालेको हो।
सुपर ओभरमा इङल्यान्डले १५ रन बनाउन सफल भयो। उसका लागि जोस बटलर र बेन स्टोक्सले सुपर ओभरमा ब्याटिङ गरेका थिए। सुपर ओभरमा ब्याटिङमा पुगेका मार्टिन गुप्तिल एक बलमा २ रन चाहिएको अवस्थमा रनआउट हुन पुगेपछि उपाधि न्युजिल्यान्डको हातबाट फुत्केको हो।
निर्धारित समय र सुपर ओभरमा पनि खेल बराबरी भएपछि बाउन्ड्री अनुसार उपाधि इङ्ल्यान्डले उचालेको हो। सुपर ओभरमा पनि दुवैले १५/१५ रन बनाएपछि खेलभर धेरै बाउन्ड्री प्रहार गरेको आधारमा उपाधि इङ्ल्यान्डको पोल्टामा गएको हो। २७ वर्षपछि फाइनलमा पुग्दै उपाधि चुमेको इङ्ल्यान्डले न्यूजिल्यान्डले दिएको २४१ रनको चुनौती पछ्याउँदै सबै विकेट गुमाएर २४१ रन नै बनाएको थियो। त्यसपछि सुपर ओभरबाट इङ्ल्यान्डले उपाधि जितेको हो।
सन् २०१५ मा अस्ट्रेलियासँग पराजित न्युजिल्यान्ड भने यो पटक पनि अभागी सावित भयो। इङ्ल्यान्डलाई जिताउने क्रममा बेन स्टोक्सले सानदार पारी खेले। उनले ९८ बलमा ८४ रन बनाए। जोस बट्लरले ६० बलमा ५९ रनको अर्धसतकीय पारी खेले। उनले आफ्नो पारीमा ६ चौका पनि प्रहार गरेका थिए। त्यसैगरी इङ्ल्यान्डलाई च्याम्पियन बनाउन जेएम बोरिसोभले ५५ बलमा ३६ रनको योगदान दिए। यसअघि लण्डनको लर्डस् मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पूरा ५० ओभरमा ८ विकेट खर्चंदै २ सय ४१ रन बनाएको थियो।
न्यूजिल्यान्डका लागि हेनरी निकोलसले सर्वाधिक ५५ रन बनाए। कप्तान केन विलियम्सनले ३० रन जोडे। इंग्ल्यान्डका क्रिस ओक्स र लियाम प्लूनकेटले समान ३-३ विकेट खसाले। दुवै टोली पहिलो पटक विश्वकपको उपाधि चुम्ने लक्ष्यसहित मैदानमा उत्रिएका थिए। तर घरेलु मैदानको फाइदा उठाउँदै बाजी मार्यो। न्युजिल्यान्ड सन् २०१५ को विश्वकपको उपविजेता हो। क्रिकेटको जननी इंग्ल्याण्ड २७ वर्षपछि विश्वकपको फाइनलमा पुग्दै च्याम्पियन भएको हो।
१९९२ पछि फाइनलमा
इङ्ल्यान्डको सन् १९९२ पछि विश्वकप क्रिकेटको फाइनलमा पुगेको हो। पछिल्लो पटक सन् १९९२ मा भएको उपाधि भिडन्तमा इङ्ल्यान्ड पाकिस्तानसँग पराजित भएको थियो। इङ्ल्यान्ड विश्वकपमा चौथो पटक फाइनलमा पुग्दै उपाधि उचाल्न सफल भएको हो। सन् १९९२ का अलावा इङ्ल्यान्ड सन् १९८७ मा अस्ट्रेलियार सन् १९९७९ मा वेस्टइन्डिजविरूद्धको उपाधि भिडन्तमा हार भोगेको थियो। अर्कातिर न्युजिल्यान्डको टिम दोस्रो पटको फाइनल खेलेको हो। सन् २०१५ मा पनि उसले अस्ट्रेलियाविरूद्ध फाइनल हारेको थियो।
सुपर ओभरमा यसरी पुग्यो खेल
लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डको सुरुवात राम्रो हुन सकेन। ओपनर जेसन रोय १७ रन बनाएर छैठौं ओभरमा म्याट हेनरीको बलमा क्याच आउट भए। ३० बलमा ७ रन बनाएर संघर्ष गरेका रोय रुटलाई कोलिन डी ग्रयाण्डहोमले क्याच आउट गरे।
एक किनार सम्हालीरहेका जोन्नी बेयरस्टोलाई २० औं ओभरमा लकी फर्गुसनले बोल्ड गरे। उनले ५५ बलमा ७ चौका मदतले ३६ रन बनाए। त्यस लगत्तै कप्तान ओएन मोर्गनलाई जेम्स निशमले क्याच आउट गराए। २२ बलमा मोर्गनले ९ रन बनाए। २३.१ ओभरमा इंग्ल्याण्ड ८६/४ को अवस्थामा पुग्यो। न्युजिल्याण्डले सेमीफाइनलमा भारतलाई पराजित गर्दाकै स्थिति आईपुग्यो।
तर पाँचौ विकेटको लागि बेन स्टोक्स र जोस बटलरले उत्कृस्ट साझेदारी गर्दै इंग्ल्याण्डलाई जिततर्फ लगे। दुवैले अर्धशतक पुरा गरे र शतकीय साझेदारी समेत गरे।
तर ४५ औं ओभरमा जोस बटलरलाई लकी फर्गुसनले क्याच आउट गराउदै न्युजिल्याण्डलाई खेलमा फर्काए। बटलरले ६० बलमा ६ चौका मदतले ५९ रन बनाए। बटलरको विकेट लगत्तै ४७ औं ओभरमा २ रन बनाएका क्रिस वोक्सलाई फर्गुसनले क्याच आउट गराए।
त्यसपछि पनि स्टोक्सले एक किनार सम्हालीरहे। ४९ औं ओभरको तेश्रो बलमा प्लंकेटलाई निशमले क्याच आउट गराए। सोहि ओभरमा जोफ्रा आर्चरलाई निशमले खाता नखोल्दै आउट गरे। ४९ ओभरमा इंग्ल्याण्ड २२७/८ को अवस्थामा पुग्यो। अन्तिम ओभरमा इंग्ल्याण्डलाई १५ रन आवस्यक रह्यो। अन्तिम ओभर बलिंग गर्न ट्रेन्ट बोल्ट आए।
अन्तिम ओभर
पहिलो बल – डट बल , दोश्रो बल – डट बल , तेश्रो बल – स्टोक्सद्वारा छक्का प्रहार, चौथो बल – ६ रन ( २ रन पुरा गरेको अवस्थामा फिल्डरले रन आउट गर्न फालेको बलले स्टोक्सलाई लाग्दै बलले बाउन्ड्री पार गर्यो ) , पाँचौ बल – रन आउट, २ रन लिने चक्करमा मार्क वुड रन आउट हुन पुगे र खेल सुपर ओभरमा पुग्यो। स्टोक्स ८४ रनमा अविजित रहे जुन क्रममा ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे ।
न्युजिल्याण्डको इनिंग
टस जितेर ब्याटिंग गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको थियो। न्युजिल्याण्डको लागि ओपनर हेनरी निकोलसले सर्वाधिक ५५ रन ( ७७ बलमा ४ चौका ) बनाए। यस्तै टम लाथमले ४७ ( ५६ बलमा २ चौका र १ छक्का ) तथा केन विलियमसनले ३० रन ( ५३ बलमा २ चौका ) बनाए। मार्टिन गुप्टिल र जेम्स निशमले समान १९, कोलिन डी ग्रयाण्डहोमले १६ तथा रोस टेलरले १५ रन बनाए।
विलियमसन र निकोलसले दोश्रो विकेटको लागि ७४ रनको साझेदारी गरेका थिए जसपछि न्युजिल्याण्डले ठुलो साझेदारी गर्न सकेन।
इंग्ल्याण्डको बलिंगमा क्रिस वोक्स ( ९-०-३७-३ ) र लियाम प्लंकेट ( १०-०-४२-३ ) ले ३/३ तथा जोफ्रा आर्चर ( १०-०-४२-१ ) र मार्क वुड ( १०-१-४९-१ ) ले १/१ विकेट लिए।
पहिले व्याटिङ गरेकाे न्युजिल्याण्डले खासै रन जाेड्न सकेन
१९ रन बनाएका न्युजिल्याण्ड ओपनर मार्टिन गुप्टिल सातौँ ओभरमा क्रिस वोक्सबाट एलबिडब्लु भएपछि कप्तान केन विलियमसन र हेनरी निकोलसले दोश्रो विकेटको लागि ७४ रनको साझेदारी गरे।
२३ औं ओभरमा विलियमसनलाई लियाम प्लंकेटले विकेटकिपरबाट बटलरबाट क्याच आउट गराए। ५३ बलमा उनले २ चौका प्रहार गरे। त्यसपछि अर्धशतक बनाएका निकोलसलाई पनि प्लंकेटले बोल्ड गरे। निकोलसले ७७ बलमा ४ चौका प्रहार गरे। लगत्तै १५ रन बनाएका टेलरलाई मार्क वुडले एलबिडब्लु आउट गरे।
टम लाथमले एक किनार सम्हालीरहे पनि अर्को किनारमा विकेटपतन रोकिएन। जेम्स निशामलाई प्लंकेटले तेश्रो शिकार बनाए भने कोलिन डी ग्रयाण्डहोमलाई वोकेसले आउट गरे। निशमले १९ र ग्रयाण्डहोमले १६ रन बनाए।
४९ औं ओभरमा ४७ रन बनाएर लाथमलाई वोकेसले क्याच आउट गराए। ५६ बलमा उनले २ चौका र १ छक्का प्रहार गरे। ५० ओभरमा न्युजिल्याण्डले ८ विकेट गुमाएर २४१ रन बनायो।
इंग्ल्याण्डको बलिंगमा क्रिस वोक्स ( ९-०-३७-३ ) र लियाम प्लंकेट ( १०-०-४२-३ ) ले ३/३ तथा जोफ्रा आर्चर ( १०-०-४२-१ ) र मार्क वुड ( १०-१-४९-१ ) ले १/१ विकेट लिए।
सन् १९७५ देखि सुरु भएको एकदिवसीय क्रिकेट विश्वकप प्रतियोगिताको दुवै टिमले हालसम्म विश्वकप क्रिकेटको उपाधि जित्न सकेका छैनन् तसर्थ विश्व क्रिकेटले नयाँ विश्वकप विजेता रास्ट्र पाउनेछ।न्युजिल्याण्ड इतिहासमा यस अघि सन् २०१५ को विश्वकपमा मात्र फाइनल पुगेको थियो भने ६ पटक सेमीफाइनलमा रोकिएको थियो। इंग्ल्याण्ड सन् १९७९, १९८७ र १९९२ मा विश्वकप फाइनल पुगेको थियो।
विश्वकप विजेता राष्ट्रहरु :- सन् १९७५ र १९७९ को विश्वकप वेस्टइन्डिजले जितेको थियो। त्यसपछि १९८३ मा भारतले पहिलो पटक विश्वकप जित्यो। त्यसपछि १९८७ मा अस्ट्रेलियाले तथा १९९२ पाकिस्तान र १९९६ मा श्रीलंकाले पहिलो पटक उपाधि जितेको थियो। त्यसपछि भने अस्ट्रेलियाले लगातार ३ वटा विश्वकप जित्यो। सन् १९९९, २००३ र २००७ मा अस्ट्रेलियाले उपाधि जित्दा सन् २०११ मा भारतले दोश्रो पटक उपाधि जित्न सक्यो। २०१५ मा फेरी अस्ट्रेलियाले उपाधि जित्यो।
अस्ट्रेलिया – ५ पटक , भारत – २ पटक , वेस्टइन्डिज – २ पटक , पाकिस्तान र श्रीलंका – १/१ पटक
इंग्ल्याण्डको विश्वकप फाइनल यात्रा
आयोजक इंग्ल्याण्डलाई विश्वकप सुरु हुनु अघि देखिनै विश्वकप जित्ने दाबेदार टिम मानिएको थियो। तर फाइनल सम्मको इंग्ल्याण्ड यात्रा भने कठिन रह्यो।
पहिलो खेलमा दक्षिण अफ्रीकालाई पराजित गरेपछि दोश्रो खेलमा इंग्ल्याण्ड पाकिस्तानसंग पराजित हुन पुग्यो। त्यसपछि भने बंगलादेश, वेस्ट इन्डिज र अफगानिस्तानलाई पराजित गर्दै इंग्ल्याण्डले आफुलाई अब्बल सावित गर्यो। तर त्यसपछि श्रीलंका र अस्ट्रेलियासंग लगातार हारले इंग्ल्याण्डको सेमीफाइनल यात्रा कठिन हुन पुग्यो।
सेमीफाइनल पुग्न पाकिस्तानलाई पछि पार्न उसले अन्तिमको खेलहरुमा भारत र न्युजिल्याण्डलाई पराजित गर्नु पर्ने खालको परिस्थिति रहेको थियो। इंग्ल्याण्डले शानदार पुनरागमन गर्यो र लिगको अन्तिम ३ खेलमा भारत, न्युजिल्याण्ड दुवैलाई पराजित गर्दै लिगको तेश्रो स्थानमा रहँदै सेमीफाइनलमा स्थान बनायो।
सेमीफाइनलमा उसले चिर प्रतिद्वन्दी अस्ट्रेलियालाई ८ विकेटको विशाल अन्तरले परजित गर्दै विश्वकप जित्ने दावेदार टिमको रुपमा आफुलाई उभ्यायो।
बिरुद्ध दक्षिण अफ्रीका – १०४ रनले विजयी, बिरुद्ध पाकिस्तान – १४ रनले पराजित, बिरुद्ध बंगलादेश – १०६ रनले विजयी, बिरुद्ध वेस्ट इन्डिज – ८ विकेटले विजयी, बिरुद्ध अफगानिस्तान – १५० रनले विजयी, बिरुद्ध श्रीलंका – २० रनले पराजित, बिरुद्ध अस्ट्रेलिया – ६४ रनले पराजित, बिरुद्ध भारत – ३१ रनले विजयी, बिरुद्ध न्युजिल्याण्ड – ११९ रनले विजयी, बिरुद्ध अस्ट्रेलिया ( सेमीफाइनल ) – ८ विकेटले विजयी
न्युजिल्याण्डको विश्वकप फाइनल यात्रा
विश्वकप लिग चरणमा शानदार सुरुवात गरेको न्युजिल्याण्डले सुरुवाती ५ खेलमा लगातार जित हाँसिल गरेको थियो। त्यस क्रममा उसले श्रीलंका, बंगलादेश, अफगानिस्तान, दक्षिण अफ्रीका र वेस्टइन्डिजलाई पराजित गर्यो भने भारतसंगको खेल वर्षाले नतिजाविहिन रह्यो।
त्यसपछि भने पाकिस्तानले न्युजिल्याण्डको अपराजित यात्रा टुंग्यायो। लगत्तै अस्ट्रेलिया र इंग्ल्याण्डसंग पनि पराजित भएको न्युजिल्याण्ड अंकतालिकामा पाकिस्तानसंग बराबरी अंक रहे पनि नेट-रन रेटले सेमीफाइनल पुग्न सफल रह्यो।
अत्यन्त रोमान्चक सेमीफाइनलमा उसले बलियो भारतको ब्याटिंग लाइनअपलाई तहसनहस पार्दै १८ रनको जित निकाल्न सफल रह्यो।
बिरुद्ध श्रीलंका – १० विकेटले विजयी, बिरुद्ध बंगलादेश – २ विकेटले विजयी, बिरुद्ध अफगानिस्तान – ७ विकेटले विजयी, बिरुद्ध भारत – नतिजाविहीन, बिरुद्ध दक्षिणअफ्रीका – ४ विकेटले विजयी, बिरुद्ध वेस्टइन्डिज – ५ विकेटले विजयी, बिरुद्ध, पाकिस्तान – ६ विकेटले पराजित, बिरुद्ध अस्ट्रेलिया – ८६ रनले पराजित, बिरुद्ध – इंग्ल्याण्ड – ११९ रनले पराजित
बिरुद्ध भारत ( सेमीफाइनल ) – १८ रनले विजयी