कुलेखानीकाे ड्याम भरिएपछि सतर्क रहन आग्रह

काठमाडाैं ३० असार : अविरल वर्षाको कारण कुलेखानी जलविद्युत् आयोजनाको ड्याम भरिएकाे छ । ‘इन्द्रसरोवर’ नामले समेत चिनिने साे कृत्रिम जलाशय भरिएकोले आज बाँध खोल्न लागिएको हाे ।

आज बाँधकाे ढाेका खाेलेर पानीलाई निकास दिइने हुँदा तल्लोतटीय क्षेत्रका बासिन्दामा सतर्कता अपनाउन अपिल गरिएको छ । गृह मन्त्रालयले मन्त्रालयले जलाशयको ढोका खोल्न लागिएको भन्दै तल्लो तटीय क्षेत्रमा सजग रहन आग्रह गरेको छ ।

३० मिटरमध्ये २५ दशमलव ४ मिटर पानी भरिसकेको जनाइएको छ । मन्त्रालयले केही घण्टापछि खोल्न सुरु हुने जनाएको छ । गृहमन्त्रालयले मकवानपुर, सर्लाही र रौतहटसहितका तल्लो तटिय क्षेत्रमा बस्ने बासिन्दाले सजगता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच मौसम पूर्वानुमान महाशाखाले पनि इन्द्रसरोवरको बाँध खेलिँदा बागमती नदीको तल्लोतटीय मकवानपुर, सर्लाही र रौतहट जिल्लाको क्षेत्रमा बहाव बढ्ने उल्लेख गर्दै नदी छेउछाउ आज साँझसम्म नै सतर्कता अपनाउन अपिल गरेको छ ।

सम्बन्धित खवर

Back to top button