काठमाडाैं : यो बर्षातको याम, मनसुन सुरु भएसंगै ठाउँ ठाउँमा बाढीले डुवानमाको क्षेत्रफल ओगटेको छ । मान्छेहरुमा सन्त्रास फैलिएको छ । रेडियो, टेलिभिजन र अखवारमा दुःखका खबर आइरहेका छन् तर यहि झरिको याममा देशको राजधानीमा रहेको पशुपति आर्यघाटमा देखिएको एउटा दृश्यले यतिबेला सबैलाई अचम्मित बनाएको छ ।
सायद त्यो दृश्य तपाईलाई पनि अनौठो लाग्न सक्छ । दृश्यमा साधकले गरिरहेको जल साधना आफैमा एउटा अन्तर ध्यानको यात्रा हो । आर्यघाटको पानी घन्टौ जल साधना गर्ने यी बाबा भने सनातन बाबा हुन ।
बाल्यकाल देखिनै तपस्या गरिरहेका यी बाबा संम्पन्न परिवारका सदस्य हुन् । कुनै राज खलकको भन्दा कम थिएन यिनको बाल्यकाल । भूगोलले कर्णालीमा जन्मिए पनि उनको परिवार एउटा सम्पन्न परिवार थियो | त्यस्तो परिवारमा जन्मिएका यी तपस्पीको भित्रि कुरा सुन्दा कटक मन खाने हृदयाबिदारक कथा रहेछ जुन सुन्दा सबैलाई भावुक बनाउछ ।
प्राय जस्तो मान्छे रोजगारी र अध्यनको लागि आफ्नो मुलुक छाड्न विवश हुन्छन तर ३/४ बर्षको एउटा नाबालक आफ्नो देशको माटो छोड्छ त्यो पनि स्वयम् उसलाई नै थाहा छैन । झन् त्यसैमा ४ बर्षकै उमेरमा आफ्नो बाबालाई गुमाउनुको पिडा कस्तो भयो होला उनलाई ?
हेर्नुस् भिडियाे