प्रतिवद्धता अनुसार काम नभए दुईतिहाइकाे हैसियत गुम्न समय लाग्दैन -प्रचण्ड
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई कसैले माया गरेर दुईतिहाइ हैसियत नदिएको बताएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा मंगलबार बोल्दै प्रचण्डले नेकपालाई कसैले माया गरेर दुईतिहाइको हैसियत नदिएको र नेताहरूको त्याग, निष्ठा र संघर्षको प्रतिफलबाट अहिलेको शक्ति प्राप्त भएको जिकिर गरेका हुन्।
तर जनताले चाहे अनुरुप काम नभए दुईतिहाइको हैसियत गुम समय नै नलाग्ने पनि प्रचण्डले बताएका छन्। प्रतिबद्धताअनुरूप काम नगरे जनताले कसरी गिराउँछन् भन्ने कुरा पूर्वी युरोप र सोभियत युनियनको पतनबाट थाहा हुन आउने उनको बुझाइ छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ललितपुर जिल्ला कमिटिले आयोजना गरेको शपथ ग्रहण तथा प्राथन पूर्ण बैठकलाई सम्बोधन गर्नेक्रममा प्रचण्डले आत्मकेन्द्रित, अहंकार, गुटबन्दीमा रमाइरहने हो भने जनताले सबक सिकाउने तर्फ पार्टीका नेता तथा कार्यकर्तालाई सजक गराएका हुन्।
यस्तै प्रचण्डले कार्यक्रममै धानमन्त्री केपी शर्मा ओलीसित मंगलबारै साँझ भेटवार्ता गरेर पार्टी एकताका बाँकी काम टुंग्याउने पनि खुलासा गरेका छन्।