मेस्सीलाई ठूलाे कारबाही हुँदैः अब के हुन्छ उनकाे फुटबल करियर?


एजेन्सी : कोपा अमेरिका २०१९ मा रेफ्रीविरुद्ध नकारात्मक अभिव्यक्ति दिएका अर्जेन्टिनाका कप्तान मेस्सीलाई अर्जेन्टिनाको खेलकुद अदालतले माफी माग्न निर्देशन दिएको छ । कोपा अमेरिका अन्तर्गत सेमिफाइनल खेलमा ब्राजिलविरुद्ध पराजित भएपछि मेस्सीले रेफ्रीले सहि निर्णय लिन नसकेको आरोप लगाएका थिए ।
त्यसपछि तेस्रो स्थानको लागि भएको खेलमा चिलीविरुद्ध मेस्सी रातो कार्ड खाँदै मैदान बाहिरीपछि उनले रेफ्रीले ब्राजिललाई सहयोग गरेको भन्दै अभिव्यक्ति दिएका थिए । यसका कारण मेस्सीलाई दक्षिण अमेरिकाको फुटबल संस्था कन्मेबलले कारवाहीको तयारी गरिरहेको छ ।



यसक्रममा कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्टका सदस्य गुस्टाभो अब्रिउले मेस्सीलाई माफी माग्न निर्देशन दिएका छन् । उनले मेस्सीलाई कडा कारवाही टार्नका लागि माफी माग्न भनेका हुन् । ‘ म मेस्सीलाई लामो कारवाहीबाट बन्चित हुन मन छ भने माफी माग भन्न चाहन्छु । अर्जेन्टिनी फुटबल संघले पनि मेस्सीलाई यस्तै निर्देशन दिनुपर्छ ।
उनले जे भने त्यो सहिद थिएन र यसका लागि लामो कारवाही हुन सक्छ,’ उनले प्रष्ट पारे । मेस्सीले चिलीविरुद्ध जितका बाबजुद पनि तेस्रो स्थानको पदक लिन अस्विकार गरेका थिए । अर्जेन्टिनाबाट अझैपनि उपाधि विहिन रहेका मेस्सीको अबको लक्ष्य २०२२ को विश्वकप हुनेछ ।