आजदेखि बढेकाे तलब कसले कति पाउँछन् ? (हेर्नुस् पूरा विवरण)

काठमाडौ : सरकारले राष्ट्रसेवक कर्मचारीका लागि बढाएको तलब आजदेखि लागू हुनेछ । कर्मचारीको तलब १८ देखि २० प्रतिशतसम्म वृद्धि भएको थियो । आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत सरकारले करिब साढे ५ लाख हाराहारी संख्यामा रहेका कर्मचारीको तलब साउन १ देखि लागू हुने गरी बढाएको हो । कार्यालय सहयोगीदेखि नायब सुब्बासम्मको तलबमा २० प्रतिशत र शाखा अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको छ ।

झन्डै साढे दुई लाख हाराहारी रहेका सेवानिवृत्त राष्ट्रसेवकहरूको पेन्सनसमेत वृद्धि भएको छ । पूर्वराष्ट्रसेवकहरूको पेन्सनमा जुन पदबाट सेवानिवृत्त भएको हो, त्यही पदको बहालवाला कर्मचारीको बढेको तलबको ६६ प्रतिशतका दरले वृद्धि हुनेछ ।

सबभन्दा तल्लो तहको कर्मचारी कार्यालय सहयोगीको तलब १६ हजार २ सय ३० बाट ३ हजार २ सय ४६ बढेर १९ हजार ४ सय ७६ रुपैयाँ पुगेको छ । सबभन्दा माथिल्लो तह मुख्यसचिवको तलब ५५ हजार २ सयबाट ९ हजार ९ सय ३६ बढेर ६५ हजार १ सय ३५ रुपैयाँ पुगेको छ । खरिदारको तलब २२ हजार १ सय ७० बाट ४ हजार ४ सय ३४ बढेर २६ हजार ६ सय ४ रुपैयाँ पुगेको छ ।

सबै तहका कर्मचारीलाई दिइँदै आएको मासिक २ हजार रुपैयाँ महँगी भत्ता, वाषिर्क ७ हजार ५ सय कपडा भत्ता बजेटमा यथावत् राखिएको छ । दुई दर्जनभन्दा बढी कार्यालयका कर्मचारीलाई दिइँदै आएको सय प्रतिशतसम्मको प्रोत्साहन भत्तासमेत यथावत् छ ।

यो पनि पढ्नुस् – सिस्नो खानुका फाइदा
सिस्नो सवैले देखेको र चिनेको वनस्पति हो। पहिले पहिले सिस्नोलाई गरिबको खानाको रुपमा तुलना गरिने भए पनि पछिल्लो समय सवैले तरकारीका रुपमा प्रयोग गर्न थालेको पाइन्छ। शहर बजारमा पनि पछिल्लो समय सिस्नो बेच्न ल्याउने गरिन्छ। सुपर मार्केटमा समेत सिस्नोको पाउडर बनाएर बेच्ने गरेको पाइन्छ । सिस्नोमा क्याल्सियम, प्रोटिन, भिटामिन सी, फ्याट, कार्बोहाइड्रेट, फाइवर, फस्फोरस र आइरनजस्ता तत्त्व पाइन्छन्।

सिस्नो गर्भवती तथा सुत्केरी महिलालाई खुवाउनु अत्यन्तै फाइदाजनक मानिन्छ। सिस्नोले मुटुसम्बन्धी समस्या निको पार्न सहयोग गर्ने चिकित्सकहरु बताउँछन् । सिस्नो सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्नमा सघाउ पुर्‍याउँछ। यो मधुमेह रोगीका लागि पनि निकै उपयोगी हुन्छ। त्यसैगरीप्रोस्टेड ग्ल्ण्याड र बाथको समस्या भएका मानिसलाई पनि सिस्नोले फाइदा पुग्छ। शरीरमा रगतका नयाँ सेल बनाउनमा समेत यसले महत्त्वपूर्ण भूमिका खेल्छ।

त्यस्तै, पिसाबको संक्रमण हुनेहरूले पनि नियमित सिस्नो सेवन गर्दा फाइदा पुग्ने चिकित्सकहरु बताउँछन् । शरीरमा भएका विभिन्न एलर्जीको समस्या समाधानमा पनि सिस्नो सहयोगीसिद्ध हुन्छ । त्यतिमात्र नभएर शरीर दुख्ने समस्यामा पनि सिस्नो लाभदायी मानिन्छ ।

सम्बन्धित खवर

Back to top button