उजाडियाे बाढीले धेरैकाे घरबार, बाँचेकाहरू पनि राहतकाे पर्खाइमै मर्दैछन् भाेकै

रौतहट : अविरल वर्षासँगै आएको बाढीका कारण रौतहटको जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । धेरैको घरबार उजाडिएको छ भने धेरैले बाटो र स्कुलमा भोकभोकै बस्न बाध्य भएका छन् । रौतहटवासीले यो समस्या हरेक वर्ष झेल्दै आएका छन् । तर, स्थानीय सरकार भने विपत्बाट बच्ने पूर्वतयारीमा सधैँ चुक्दै आएको छ ।

जिल्लाका १६ नगरपालिका र २ गाउँपालिका गरेर १८ वटा स्थानीय तहले समयमै विपत्सँग बच्न र आपतकालीन समयमा जनधनको क्षति हुन नदिन अपनाउनुपर्ने सामान्य पूर्वतयारीसमेत नगरेका कारण जिल्लामा अर्बौंको क्षति भयो, धेरैको ज्यान गयो र बेपत्ता कति भए भन्ने तथ्यांक आउने क्रममै छ ।

हरेक स्थानीय तहले लाखौं बजेट विपत् व्यवस्थापनको नाममा छुट्टाएको भए पनि रकम कहाँ र कसरी खर्च भयो भन्ने कुराको जानकारी छैन । एक थान त्रिपालसमेत उनीहरूले खरिद गरेको पाइँदैन । विपत् व्यवस्थापन समितिलाई नगरप्रमुखले काम गर्न नदिएको अधिकांश पालिकाका विपत् समतिका संयोजकले गुनासो गरेका छन् ।

स्थानीय सरकारको दायित्व भनेको जनताको सुरक्षादेखि लिएर रोजगारी र विकास मुख्य भए पनि स्थानीय तहका प्रमुख र प्रमुख जिल्ला अधिकारीको जुंगाको लडाइँका कारण विपत्ले आफ्नो विकराल रूप देखाइसकेको छ ।

‘सरकारले गत पुस महिनामा सार्वजनिक गरको नयाँ सरकारी मर्यादाक्रममा जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिदिएका कारणले प्रमुख जिल्ला अधिकारीले राखेको बैठकमा ठूलो पल्टेर मेयरहरू नगएका हुन् ।

सम्बन्धित खवर

Back to top button